काठमाडौँ । नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स (NCMT) ले फेब्रुअरी ८ देखि १३ सम्म आयोजना गरेको ‘भाइब्रन्ट स्पोर्ट्स वीक २०२६’ सफलतापूर्वक सम्पन्न गरेको छ। BBA, BHM, BIT र BCS कार्यक्रम अन्तर्गतका विद्यार्थीहरूको उत्साहजनक सहभागिताले सप्ताहभर क्याम्पस खेलमय बनेको थियो।
कार्यक्रमले खेल प्रतिस्पर्धासँगै टोली भावना, नेतृत्व क्षमता र अनुशासनको उत्कृष्ट प्रदर्शन गर्यो। इनडोर, आउटडोर तथा ई–स्पोर्ट्सका विभिन्न विधामा प्रतिस्पर्धा सम्पन्न भएको थियो।
चेसतर्फ पवन बम्जन प्रथम तथा सन्देश पौडेल द्वितीय भए। टेबल टेनिस (केटा) मा समीर रिजाल प्रथम र शैलेश पौडेल द्वितीय भए भने टेबल टेनिस (केटी) मा अनुषा अमात्य प्रथम र अमृता मोक्तान द्वितीय भइन्।
ब्याडमिन्टन (केटा) मा समीर देउवा प्रथम र मनोज विक द्वितीय भए। ब्याडमिन्टन (केटी) मा निशा डंगोल प्रथम र अमृता मोक्तान द्वितीय स्थानमा रहिन्।
टग अफ वार (केटी) तर्फ BBA सातौं सेमेस्टरका समिक्षा राई, सुमानिया चौधरी, निशा डंगोल र स्नेहा बरुवालको टोली च्याम्पियन बन्यो। टग अफ वार (केटा) मा सुदीप निरौला, सुजल कार्की, कृष्ण राउत कुमार, इशान श्रेष्ठ र किस्मत गुरुङ सम्मिलित टिम भीम प्रथम भयो भने BHM ब्वाइज टोली उपविजेता बन्यो।
बास्केटबल (केटा) मा अञ्जन महर्जनको कप्तानीमा रहेको टिम पासा ग्याङ विजेता बन्यो भने टोली घण्टी उपविजेता बन्यो। बास्केटबल (केटी) तर्फ BBA सातौं सेमेस्टरको टोली विजेता बन्यो।
फुटसल (केटी) मा BBA सातौं सेमेस्टरकै टोलीले उपाधि जित्यो। फुटसल (केटा) मा कृष्ण सापकोटा सहितको टिम सामदी एफसी च्याम्पियन बन्यो।
ई–स्पोर्ट्स अन्तर्गत PUBG मा टिम सेभेज डोमिनेशन प्रथम र टिम शून्य द्वितीय भए। फ्री फायर मा टोली NCMT डोमिनेटर प्रथम र ४ अननोन्स द्वितीय भए। Mobile Legends मा टिम NCMT T1 ले च्याम्पियनसिप जित्यो।
ई–खेलतर्फ ई–फुटबल मा बिमर्श श्रेष्ठ (BIT चौथो सेमेस्टर) प्रथम र ऋतिज विष्ट (BBA प्रथम सेमेस्टर) द्वितीय भए । Ragnarok मा पवन बम्जन नेतृत्वको टोली द्वितीय स्थानमा रह्यो।
कलेजका अनुसार खेल सप्ताह प्रतिस्पर्धा मात्र नभई एकता, अनुशासन र समग्र व्यक्तित्व विकासको उत्सवका रूपमा सम्पन्न भएको हो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, मानसिक सुदृढता, नेतृत्व क्षमता र समय व्यवस्थापन सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कलेज प्रशासनले व्यक्त गरेको छ।
स्पोर्ट्स वीक २०२६ को सफल समापनले कलेजको शैक्षिक उत्कृष्टतासँगै सह–पाठ्यक्रम गतिविधिमा समेत प्रतिबद्धता झल्काएको छ।




.gif)





