images

२०८३ आश्विन १७ गते

images
images
images

ओपन एआईले उठायो ११० अर्ब डलर बराबरको नयाँ लगानी

ओपन एआईले उठायो ११० अर्ब डलर बराबरको नयाँ लगानी

images
images
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • ओपन एआईले सिलिकन भ्यालीकै इतिहासमा सबैभन्दा ठूलो लगानी राउन्डमध्ये एकका रूपमा ११० अर्ब डलर बराबरको नयाँ लगानी जुटाएको घोषणा गरेको छ। यस लगानीसँगै कम्पनीको मूल्यांकन ७३० अर्ब डलर पुगेको छ।यो राउन्डमा प्रमुख लगानीकर्ताका रूपमा अमेजनले ५० अर्ब डलर, एनभीडीयाले ३० अर्ब डलर र सफ्ट बैंकले ३० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।सीएनबीसीसँग कुरा गर्दै ओपनएआईका सीईओ स्याम अल्टम्यानले यस सम्झौताप्रति उत्साह व्यक्त गर्दै ‘एआई अब सबै ठाउँमा पुग्ने’ बताएका छन्।

    images
    images

    अमेजन र एनभिडियासँग रणनीतिक साझेदारी

    नयाँ लगानीसँगै ओपनएआईले अमेजन र एनभिडियासँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। अमेजनको क्लाउड सेवा प्लेटफर्म अमेजन वेब सर्भिसेस (AWS) ले उद्यम ग्राहकहरूका लागि ओपनएआईका मोडेलहरू सञ्चालन गर्नेछ, जसले उत्पादन स्तरमा जेनेरेटिभ एआई एप्लिकेसन तथा एजेन्टहरू निर्माण गर्न सहयोग गर्ने बताइएको छ।
    यसका साथै एडब्लुएसलाई ‘ओपनएआई फ्रन्टियर’ नामक एजेन्टिक इन्टरप्राइज प्लेटफर्मको एकमात्र तेस्रो-पक्ष क्लाउड वितरण प्रदायकको रूपमा चयन गरिएको छ।ओपनएआईले अमेजनको कस्टम एआई ट्रेनिङ एक्सेलेरेटर ‘Trainium’ को २ गिगावाट क्षमता उपयोग गर्ने प्रतिबद्धता जनाएको छ। अमेजनको लगानी चरणबद्ध रूपमा आउनेछ—प्रारम्भिक १५ अर्ब डलर तुरुन्तै लगानी गरिनेछ भने बाँकी ३५ अर्ब डलर निश्चित सर्तहरू पूरा भएपछि मात्र लगानी हुनेछ।

    images
    images

    रिपोर्टका अनुसार ती सर्तहरूमध्ये एक कृत्रिम सामान्य बुद्धिमत्ता (AGI) हासिल गर्नु पनि हुन सक्ने बताइएको छ। एजीआई भनेको मानवस्तर वा सोभन्दा माथिको क्षमतायुक्त एआई प्रणाली हो।एनभिडियासँगको सहकार्य पनि थप विस्तार गरिएको छ। ओपनएआईले एनभिडियाको ‘Vera Rubin’ प्रणालीमार्फत २ गिगावाट ट्रेनिङ क्षमता उपयोग गर्ने र थप ३ गिगावाट कम्प्युटिङ स्रोत (संभावित रूपमा GPU) प्रयोग गरी एआई इन्फरेन्स कार्य सञ्चालन गर्ने जनाएको छ।

    घाटा बढ्दो, आम्दानीको उच्च लक्ष्य

    आर्थिक पक्षमा भने कम्पनी अझै घाटामा छ। ओपनएआईले सन् २०२४ मा करिब ५ अर्ब डलर घाटा व्यहोरेको थियो। २०२५ मा यो घाटा ८ अर्ब डलर पुग्ने अनुमान गरिएको छ भने २०२६ मा १४ अर्ब डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ।तर कम्पनीले दीर्घकालीन लक्ष्यका रूपमा सन् २०२९ सम्म वार्षिक १०० अर्ब डलर आम्दानी गर्ने दाबी गरेको छ।विशाल लगानी, रणनीतिक साझेदारी र आक्रामक पूर्वाधार विस्तारसँगै ओपनएआईले विश्वव्यापी एआई प्रतिस्पर्धामा आफ्नो पकड अझ बलियो बनाउने संकेत दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend