images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि...

अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

images
images
शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • काठमाडौँ, १६ फागुन । नेपाल आयल निगम ले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि स्वदेशमा हालका लागि खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको जनाएको छ।

    images
    images

    निगमले आज जारी गरेको विज्ञप्तिमा उपभोक्तालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य नबढाउने निर्णय गरिएको उल्लेख गरेको छ।

    निगमका अनुसार अन्तरराष्ट्रिय बजारबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ९ पैसा, डिजेलमा प्रतिलिटर दुई रुपैयाँ ४७ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो।

    images
    images

    यद्यपि, आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै तत्कालका लागि खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले स्पष्ट पारेको छ।

    निगमको यस निर्णयले छोटो अवधिका लागि उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ। तर अन्तरराष्ट्रिय बजारको उतारचढावका आधारमा आगामी दिनमा मूल्य समायोजन हुन सक्ने संकेत समेत गरिएको छ।

    आर्थिक विश्लेषकहरूका अनुसार दीर्घकालीन रूपमा अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि निरन्तर भएमा निगममाथि घाटाको दबाब बढ्न सक्नेछ। त्यसैले आगामी निर्णयहरू बजार अवस्था अनुसार हुने देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend