images

२०८३ आश्विन १६ गते

images
images
images

प्रवधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

प्रवधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

images
images
शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • काठमाडौँ,  १६ फागुन । काठमाडौँ महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ । 

    images
    images

    विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत कामपाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराइएको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

    गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरी विद्यालय परिवारलाई प्रविधिमा आबद्ध गराएको हो ।  

    images
    images

    डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने क्षमता विकास गरिएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइएको हो । शिक्षक, कर्मचारी र विद्यार्थी गरी कक्षा १० सम्मका करिब ४५ हजार सङ्ख्या रहेको कामपा विभागका प्रमुख ढकालले जानकारी दिए।   

    विभागले २०८२ चैत १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा पठाउने निर्णय गरेको थियो । 

    यही फागुन १३ र १४ गते विभागले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग आयोजना गरेको बैठकमा उनले प्रणालीलाई प्रभावकारी कार्यान्वयन नगरे अनुदान रकम पठाउन नसकिने भएकाले बाँकी इहाजिरीको काम तत्काल सक्न आग्रह गरे । 

    विद्यालयहरूको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार सर्वेक्षणका काम भइरहेको छ । चालु आर्थिक वर्षमा यसका लागि रु ३६ करोड विनियोजन गरिएको छ । विभागका प्रमुख ढकालका अनुसार पहिलो चरणमा चार वटा, दोस्रो चरणमा ११ वटा विद्यालयको पूर्वाधार गुरुयोजना तयार भएको छ । तेस्रो चरणमा २३ वटा विद्यालयहरूको विस्तृत परियोजना प्रतिवेदन तयारी गर्ने कार्य भइरहेको छ । 

    विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई लक्षित गरी पहिलो चरणमा छ वटा र दोस्रो चरणमा पाँच गरी ११ वटा विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट विशेष तयारी कक्षाहरू सञ्चालन गरिरहेको छ । यसबाहेक अन्य विद्यालयहरूले पनि विशेष कक्षाका लागि लिखित माग गरेमा शिक्षा विभागले कक्षाको व्यवस्थापन गर्ने भएको छ । 

    विभागले २०८२ चैत मसान्तसम्म दरबन्दी मिलान सम्पन्न गरेर नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि दरबन्दीअनुसारको शिक्षक विद्यालयहरूमा व्यवस्थापन गर्ने तयारी कामपाको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend