काठमाडौं । डिजिटल सञ्चारको बढ्दो आवश्यकता र छोटो समयमै धेरै मानिससम्म सन्देश पुर्याउनुपर्ने चुनौतीलाई सम्बोधन गर्दै नेपालकै अग्रणी कम्युनिकेसन म्यानेजमेन्ट प्लेटफर्म 'आकाश एसएमएस'ले सञ्चार प्रणालीलाई थप सहज बनाएको छ। कम्पनीले 'भ्वाइस ब्रोडकास्टिङ' र 'एसएमएस ब्रोडकास्टिङ' सेवामार्फत 'मास रिच'लाई अझ सरल, छिटो र प्रभावकारी बनाएको हो।पछिल्लो समय व्यवसाय, संस्था र सङ्गठनहरूका लागि छिटो सूचना प्रवाह गर्नु ठूलो चुनौती बन्दै आएको अवस्थामा आकाश एसएमएसको भ्वाइस ब्रोडकास्टिङले नयाँ समाधान दिएको छ। यस प्रविधिमार्फत प्रयोगकर्ताले आफ्नै आवाज प्रयोग गरेर वा प्राकृतिक सुनिने एआई 'टेक्स्ट टु स्पिच'प्रविधिमार्फत भ्वाइस सन्देश तयार गर्न सक्छन्।
यसरी तयार पारिएको सन्देश सेकेन्डभरमै हजारौँ फोन नम्बरमा एकैपटक पठाउन सकिने कम्पनीको भनँइ छ। कम्पनीका भाइस प्रेसिडेन्ट राजन कोइरालाले यस प्रविधिले महत्त्वपूर्ण सन्देश पुर्याउन हरेक व्यक्तिलाई म्यानुअल रूपमा फोन (कल) गर्नुपर्ने झन्झटबाट प्रयोगकर्तालाई पूर्ण रूपमा मुक्त गराएको बताए । त्यसैगरी, कम्पनीको एसएमएस ब्रोडकास्टिङ सेवा परम्परागत टेक्स्ट मेसेजिङभन्दा निकै अघि बढेको जनाइएको छ। यस सेवाको मद्दतले कम्प्युटर वा मोबाइलमा केही क्लिक गरेकै भरमा हजारौँ व्यक्तिसम्म एकैपटक सन्देश पुर्याउन सकिन्छ। विशेषगरी छोटो समयमा ठूलो सङ्ख्यामा सूचना प्रवाह गर्न, अलर्ट जारी गर्न, जनचेतनामूलक सन्देश फैलाउन, व्यापारिक प्रमोसन गर्न वा आपत्कालीन सूचना प्रवाह गर्न यो प्रविधि अत्यन्तै महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ। यस प्रविधिको प्रयोगले सङ्घसंस्था तथा प्रयोगकर्ताको अमूल्य समय, मिहिनेत र लगानीको उल्लेखनीय रूपमा बचत हुने कम्पनीले जनाएको छ।




.gif)



