images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सगरमाथा जलविद्युतको लकइन अवधि चैत १६...

सगरमाथा जलविद्युतको लकइन अवधि चैत १६ गतेबाट सकिँदै

सगरमाथा जलविद्युतको लकइन अवधि चैत १६ गतेबाट सकिँदै

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं- सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट सकिँदैछ ।हाल कम्पनीको संस्थापक सेयरधनीतर्फको ५९ लाख ८३ हजार ३२० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख ७३ हजार २०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १ लाख ३७ हजार २६४ कित्ता सेयर लकइनमा रहेको छ ।

    images
    images

    कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँट गरेको मितिले सामुहिक लगानी कोषतर्फको सेयर ६ महीनासम्म र संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको सेयर ३ वर्षसम्म कारोबार गर्न नमिल्ने गरी लकइनमा राख्नु पर्ने प्रावधान छ । सोही प्रावधान बमोजिम कम्पनीको उक्त सेयर लकइनमा रहेका छन्। लकइन अवधि समाप्त भएसँगै चैत १७ गतेदेखि उक्त सेयर कारोबार गर्न सकिनेछ तर कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूले भने कारोबार गर्न पाउने छैनन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend