images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • सामसङले ल्यायो 'ह्यान्ड रेजर' प्रि-रिजर्भ अफर,...

सामसङले ल्यायो 'ह्यान्ड रेजर' प्रि-रिजर्भ अफर, ग्राहकले पाउनेछन् २१ हजारसम्मको लाभ

सामसङले ल्यायो 'ह्यान्ड रेजर' प्रि-रिजर्भ अफर, ग्राहकले पाउनेछन् २१ हजारसम्मको लाभ

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी सामसङले नेपाली बजारमा आफ्नो आगामी नयाँ ग्यालेक्सी स्मार्टफोन सार्वजनिक गर्नुअघि नै ग्राहकहरूका लागि विशेष ‘ह्यान्ड रेजर’ (प्रि-रिजर्भ) अफरको घोषणा गरेको छ । आफ्ना ग्राहक र नयाँ प्रविधिप्रति इच्छुक प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको यस अफरमार्फत ग्राहकले विभिन्न आकर्षक उपहार र आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् ।यस योजनाअन्तर्गत नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्ने ग्राहकहरूले अधिकतम २१ हजार रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

    images
    images

    जसमा १५ हजार रुपैयाँ बराबरको १ टिबीसम्मको मेमोरी अपग्रेड र ५ हजार ९९९ रुपैयाँ मूल्यको ६० वाटको फास्ट चार्जर निःशुल्क उपलब्ध गराइनेछ । यो अफर आगामी फेब्रुअरी २३ देखि २६ तारिखसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।यो अफरको अर्को मुख्य आकर्षण भनेको पुरानो स्मार्टफोन साटेर नयाँ प्रविधिमा अपग्रेड हुन पाउने सुविधा हो । ग्राहकहरूले आफ्नो प्रयोगमा रहेको ग्यालेक्सी एस–२३, एस–२४ वा एस–२५ सिरिजका फोनहरू साथै आइफोन–१४, १५ र १६ सिरिजका फोनहरू साटेर नयाँ एआई-पावर्ड  ग्यालेक्सी स्मार्टफोन प्रि-रिजर्भ गर्न सक्नेछन् । सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार कम्पनीले आफ्ना ग्राहकहरूलाई नवीनतम इनोभेसनमा सहज पहुँच पुगोस् र उनीहरूले अर्थपूर्ण मूल्य प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको हो ।

    यस अफरमा सहभागी हुन चाहने ग्राहकले सामसङको आधिकारिक अभियान वेबसाइटमा गई आफ्नो विवरणहरू दर्ता गर्नुपर्नेछ । दर्ता प्रक्रियामा ग्राहकले आफ्नो मनपर्ने रिटेलर छनौट गरी आफूले साट्न चाहेको र किन्न चाहेको डिभाइसको जानकारी बुझाउनुपर्ने हुन्छ । प्रक्रिया पूरा भएपछि प्राप्त हुने ओटीपी कोडको प्रयोग गरी ग्राहकले नयाँ स्मार्टफोन बजारमा उपलब्ध हुनासाथ आफ्नो छनौट गरेको स्टोरबाट प्राप्त गर्न सक्नेछन् ।नयाँ स्मार्टफोन खरिदलाई थप सहज बनाउन सामसङले हुलास फिनसर्भसँगको सहकार्यमा ‘सामसङ इन्स्टाफाइनान्स’ सुविधा पनि उपलब्ध गराएको छ । यस योजनामार्फत ग्राहकले शून्य प्रतिशत ब्याजदर र शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको सजिलो किस्ताबन्दीमा नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन् । यो सेवाका लागि ग्राहकले आफ्नो नागरिकताको प्रमाणपत्र मात्र पेश गरे पुग्ने कम्पनीले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend