images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज...

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं- सुपरमाई हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज फागुन १२ गते अन्तिम दिन रहेको छ।वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि फागुन १३ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज फागुन १२ गतेसम्म कायम सेयरधनीमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश गरी कुल २१.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    images
    images

    कम्पनीले आफ्ना ११ औँ वार्षिक साधारणसभा यही फागुन १७ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजना गर्दैछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।कम्पनीले पुँजी संरचनाको परिमार्जन, बोनस सेयर र हकप्रद सेयर जारी गर्न नियमनकारी निकायहरुबाट कुनै रायसुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend