images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • आशा लघुवित्तको बोनस सेयर डिम्याट खातामा...

आशा लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

आशा लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

images
images
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।कम्प

    images
    images

    नीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २२ गते बूक क्लोज गरेकोले सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कायम सेयरधनीको डिम्याट खातामा सभाले पारित गरेको बोनस सेयर जम्मा गरिसकिएको कम्पनीले जानकारी दिएको छ।साथै मंसिर २१ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीको बोनस शेयर कर्जा प्रवाह गर्ने बैंक/वित्तीय संस्थाको नाममा नै रोक्का जनाइएकोले कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक/वित्तीय संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गर्न आग्रह समेत गरेको छ।कम्पनीको सेयर  रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend