images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • नाग्म–गमगडी सडक कालोपत्रे गर्न ९१ करोड...

नाग्म–गमगडी सडक कालोपत्रे गर्न ९१ करोड रुपैयाँ स्रोत सुनिश्चित

नाग्म–गमगडी सडक कालोपत्रे गर्न ९१ करोड रुपैयाँ स्रोत सुनिश्चित

images
images
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • जुम्ला–नाग्म–गमगडी सडकको प्रवेशद्वार बालुवा खोलादेखि दियारगाउँसम्म १५ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न बजेट सुनिश्चित गरिएको हो। २०६९ सालदेखि सञ्चालनमा आएको यस सडकलाई राज्यको उपेक्षाका कारण पूर्ण रूपमा स्तरोन्नति गर्न सकिएको थिएन।

    images
    images

    नाग्मदेखि मुगु गमगडीसम्म कुल ९३ किलोमिटर सडक रहेकोमा रोकायाबाडादेखि मालिकाबोतासम्मको ६ किलोमिटर खण्ड दुई वर्षअघि कालोपत्रे गरिएको थियो। बाँकी ७२ किलोमिटर सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा पर्यटकले सास्ती भोग्दै आएका थिए।

    भौतिक मन्त्रालयको चालु आर्थिक वर्षको एक मात्र बहुवर्षीय आयोजनाका रूपमा यस सडकको कालोपत्रेका लागि स्रोत सुनिश्चित भएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए। उनका अनुसार जुम्लाका माधव चौलागाई भौतिकमन्त्री रहेकाले बजेट सुनिश्चित गर्न सहज भएको हो।

    images
    images

    यसअघि योजना आयोगसम्म फाइल पुर्‍याउन पूर्वसांसद ज्ञानेन्द्रबहादुर शाहीले पहल गरेका थिए। सबैको समन्वय र प्रयासपछि नाग्म–गमगडी सडक कालोपत्रेको प्रक्रिया अघि बढेको हो।

    सडक डिभिजन जुम्लाले आवश्यक कागजी प्रक्रिया पूरा गरी चाँडै ठेक्का आह्वान गर्ने तयारी गरेको जनाएको छ। स्रोत सुनिश्चित भइसकेकाले आगामी वर्षहरूमा पनि निरन्तर बजेट आउने अपेक्षा गरिएको छ।

    सडक स्तरोन्नतिसँगै रारा आउने पर्यटकको यात्रा सहज हुने, पर्यटन प्रवर्धनमा वृद्धि हुने तथा स्थानीय आर्थिक गतिविधि चलायमान हुने विश्वास गरिएको छ।

    दुई दशकअघि सञ्चालनमा आएको कर्णाली राजमार्ग अझै पूर्ण रूपमा कालोपत्रे नभएकाले स्थानीयले राजमार्ग र नाग्म–गमगडी सडक दुवैको स्तरोन्नतिलाई प्राथमिकतामा राख्न माग गर्दै आएका छन्।

    यस परियोजनालाई कर्णालीको विकास र भविष्यसँग जोडेर हेरिएको छ। समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धतासहित सम्बन्धित निकाय तयारीमा जुटेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend