images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • पोखरा विश्वविद्यालयका छ हजार छ सय...

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

images
images
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • गण्डकी, ८ फागुन । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज दीक्षित हुँदैछन् । 
     
    पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई उपाधि प्रदान गरिने  विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
     
    व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि सङ्कायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ जनालाई उपाधि दिइने छ । 
     
    उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अङ्क ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ । शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मान गरिने छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend