images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • पशुपतिमा प्रहरीलाई आक्रमण गरेको आरोपमा एक...

पशुपतिमा प्रहरीलाई आक्रमण गरेको आरोपमा एक जना युवक पक्राउ

पशुपतिमा प्रहरीलाई आक्रमण गरेको आरोपमा एक जना युवक पक्राउ

images
images
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • काठमाडौँ । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आक्रमण गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भएर काठमाडौँ–१३ चाँगल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् ।पशुपतिनाथ मन्दिर परिसरको बारमा बसेर उनले प्रहरी जवानलाई लात्ताले प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि प्रहरीले आरोपीको खोजी गरेको थियो । श्रेष्ठलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

    images
    images

    श्रेष्ठले लात्ताले प्रहार गरेपछि प्रहरीले पनि उनलाई लाठीले कुटेर बारबाट हटाएको भिडियोमा देखिन्छ । मंगलबार प्रहरीले सूचना प्रकाशन गरेर युवक पहिचानका लागी नागरिकसँग सहयोग मागेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend