images

२०८३ आश्विन १८ गते

images
images
images

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

images
images
मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । जिल्लाबाट तोरीको तेलको माग अन्यत्र जिल्लामा धेरै रहेको उनको भनाइ छ ।यहाँको तोरीको माग काठमाडौँ, पोखरा, चितवन, नेपालगन्जलगायत जिल्लामा धेरै रहेको उनले बताए । “पहिलेदेखि नै दाङको तोरीको माग बाहिरी जिल्लाबाट धेरै हुने गरेको छ”, प्रमुख भण्डारीले भने । सहज रूपमा बिक्री भएमा किसानको आकर्षण बढ्दै जाने उनको भनाइ छ । “उत्पादन भएको तोरी कुनै पनि किसानलाई बजारको समयस्या नभएकाले पनि किसानको सङ्ख्या तथा क्षेत्रफल बढेको हो”, उनले भने ।राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइ दाङका तोरी जोनअनुसार क्षेत्रफलसँगै उत्पादन वृद्धि भएको हो । आर्थिक वर्ष २०७९-८० मा तोरी जोनअन्तर्गतको क्षेत्रमा एक हजार २०० हेक्टरमा खेती गरिएको थियो । जसमा एक हजार ९३२ मेट्रिक टन तोरी उत्पादन भएको तोरी जोनका प्रास सूर्यज्योति केसीले जानकारी दिनुभयो । आव २०८०-८१ मा एक हजार २०० हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार चार मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

    images
    images

    आव २०८१-८२ मा एक हजार २४२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १२३.८२ मेट्रिक टन उत्पादन भएको हो । आव २०८२-८३ मा एक हजार २७८.०२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १९८.१९ मेट्रिक टन उत्पादन भएको छ । प्रतिहेक्टर १.७२ उत्पादकत्व रहेको छ । तोरी जोनले किसानलाई प्राविधिक, बीउ तथा प्रविधिमा सहयोग गर्दै आएको परियोजनाका प्रास केसीले बताए । तोरी जोन पश्चिम क्षेत्रको दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाको केही वडामा सञ्चालनमा रहेको छ । तोरीखेती गर्ने किसानले क्षेत्रफलसमेत विस्तार गर्दै गएका छन् ।किसानले प्रतिक्विन्टल रु १४ हजारमा तोरी बिक्री गरेको बताएका छन् । पश्चिम क्षेत्रमा उन्नत जातका तोरीखेती गर्दै आएको केसीले बताए । किसानलाई तोरी जोनले बीउमा ५० प्रतिशत अनुदान, प्राविधिक सहयोग तथा प्रविधिमासमेत अनुदान दिँदै आएको छ ।

    तोरीखेती छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend