images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • व्हाट्सएपमा अनावश्यक कल र म्यासेजबाट हैरान...

व्हाट्सएपमा अनावश्यक कल र म्यासेजबाट हैरान हुनुहुन्छ? यसरी पाउनुहोस् छुटकारा

व्हाट्सएपमा अनावश्यक कल र म्यासेजबाट हैरान हुनुहुन्छ? यसरी पाउनुहोस् छुटकारा

images
images
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौँ । आज व्हाट्सएप विश्वकै सबैभन्दा लोकप्रिय मेसेजिङ एप बनेको छ। करोडौँ मानिसहरू यसलाई साथीभाइ, परिवार र कामकाजका लागि प्रयोग गर्छन्। तर यससँगै स्प्याम म्यासेज, अनजान नम्बरबाट आउने कल र हैरान पार्ने सन्देशहरू पनि बढेका छन्। यस्तो अवस्थामा प्रयोगकर्ताहरूलाई राहत दिन व्हाट्सएपले ब्लक र साइलेन्स फिचर ल्याएको छ, जसले तपाईंको गोपनीयता र सुरक्षालाई बलियो बनाउँछ।

    images
    images
    • 'Silence Unknown Callers' फिचर

    व्हाट्सएपले हालै एउटा यस्तो फिचर थपेको छ, जसले अनजान नम्बरबाट आउने कललाई आफैँ ‘साइलेन्ट’  गरिदिन्छ। यसको फाइदा भनेको तपाईंले बारम्बार स्प्याम कलबाट हैरान हुनु पर्दैन। कल त आउँछ, तर फोनमा घण्टी बज्दैन।

    च्याटबाट सिधै ब्लक गर्ने तरिका

    images
    images

    • व्हाट्सएप खोल्नुहोस् र त्यो नम्बरको च्याटबक्समा जानुहोस्।

    • माथि दायाँ कुनामा रहेका तीनवटा थोप्लामा थिच्नुहोस्।

    • ‘More’ मा क्लिक गर्नुहोस् र त्यसपछि ‘Block’ विकल्प छान्नुहोस्।

    • कन्फर्म गरेपछि त्यो नम्बर ब्लक हुन्छ र तपाईंलाई म्यासेज वा कल गर्न सक्दैन।

    सेटिङ्सबाट ब्लक गर्ने तरिका

    • व्हाट्सएप खोल्नुहोस् र Settings > Privacy मा जानुहोस्।

    • ‘Blocked Contacts’ मा थिच्नुहोस्।

    • माथि रहेको ‘Add’ आइकन छान्नुहोस् र जुन नम्बर ब्लक गर्नुपर्ने हो त्यसलाई सेलेक्ट गर्नुहोस्।

    • त्यसो गर्नासाथ त्यो नम्बर तपाईंको ब्लक लिस्टमा थपिनेछ।

    यसको फाइदा के हो?

    यी फिचरहरूको प्रयोग गरेर तपाईं स्प्याम म्यासेज, ठगी गर्ने लिंक र अनावश्यक कलहरूबाट बच्न सक्नुहुन्छ। साथै, तपाईंको च्याट र स्टेटस अपडेटहरू पनि सुरक्षित रहनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend