images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • कस्ता व्यक्तिले भुलेर पनि खानुहुन्न ड्राइ...

कस्ता व्यक्तिले भुलेर पनि खानुहुन्न ड्राइ फ्रुट्स ?

कस्ता व्यक्तिले भुलेर पनि खानुहुन्न ड्राइ फ्रुट्स ?

images
images
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • काठमाडौं ।  सामान्यतया ड्राइ फ्रुट्सलाई हाम्रो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ तर, के तपाईलाई थाहा छ कतिपयले ड्राई फ्रुट खानु हुँदैन ? हो, यो सत्य हो, कतिपयलाई ड्राइ फ्रुट्सको समस्या हुन सक्छ ।

    images
    images

    डाइटिशियनका अनुसार सबैको शरीरको फरक–फरक आवश्यकता हुन्छ, त्यसमा ड्राई फ्रुट्सको मात्रा बढी भएमा समस्याको सामना गर्नुपर्ने हुन्छ ।

    यस्ता व्यक्तिले ड्राई फ्रुट धेरै खानु हुँदैन

    images
    images

    १. मधुमेह रोगीहरू

    ड्राई फ्रुट्समा तपाईको शरीरको लागि पोषक तत्वको महत्वपूर्ण स्रोत हाे, तर केहि ड्राई फ्रुट्समा उच्च मात्रामा ग्लुकोज हुन सक्छ । जसले रगतमा चिनीको मात्रा बढाउन सक्छ।यदि तपाइँ यस्तो समस्याको सामना गर्दै हुनुहुन्छ भने तुरुन्तै यसको सेवन बन्द गर्नु राम्रो हुन्छ।

    २. जो वजन कम गर्न चाहन्छन्

    ड्राइ फ्रुट्स स्वस्थकर हुन्छ तर, यसमा क्यालोरी प्रशस्त हुन्छ । यसमा भिटामिन र मिनरल्सका साथै, बोसो पनि हुन्छ।यदि तपाई तौल घटाउन चाहानुहुन्छ भने, तपाईले सुक्खा फललाई संयमित मात्रामा सेवन गर्नुपर्छ वा आफ्नो आहारबाट हटाउनु पर्छ।

    ३. एलर्जी पीडितहरू

    कतिपयलाई ड्राई फ्रुट्सबाट एलर्जी हुन सक्छ, यदि तपाईलाई ड्राई फ्रुट्स खाएपछि चिलाउने, छ्याप्ने वा चक्कर लाग्न थाल्छ भने त्यसलाई खान छोडेर डाक्टरसँग परामर्श लिनुपर्छ ।सुख्खा फलफूल प्रकृतिमा तातो हुने भएकाले यसले तपाईको छालामा नकारात्मक असर पार्न सक्छ ।

    ध्यान दिनैपर्ने कुरा

    ड्राइ फ्रुट्स गर्मी मौसममा सिमित मात्रामा खानुहोस्, जाडो मौसममा तुलनात्मक रूपमा फाइदा पुग्छ तर लापरवाहीले हानि पुर्‍याउन सक्छ । त्यसैले आहारविज्ञको सल्लाह अवश्य लिनुहोस् । एजेन्सीबाट

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend