काठमाडौं- आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




.gif)



