images

२०८३ आश्विन १८ गते

images
images
images

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

images
images
शनिवार, फाल्गुण २ २०८२
शनिवार, फाल्गुण २ २०८२
  • किमाथाङ्का, (सङ्खुवासभा), २ फागुनः सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवद्र्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । 

    images
    images

    आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई घारसहितका मौरी वितरण गरिएको छ । कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवद्र्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो । एक कार्यक्रमबीच नगरपालिकाले ९० मौरीसहितका घार कृषक समूह तथा कृषकलाई हस्तान्तरण गरेको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताउनुभयो । मौरीपालनलाई वैकल्पिक मात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिकाले मौरीसहितका घार वितरण गरेको उहाँको भनाइ छ । 

    नगरपालिकाले मौरी प्रवद्र्धन अन्तर्गत प्रतिघार रु १० हजार ८०० लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो । कृषकले ५० प्रतिशत मात्र व्यहोर्नु परेको छ । बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको हो यो कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२÷८३ मा मौरीपालन प्रवद्र्धन कार्यक्रमका लागि नगरसभाबाट रु ६ लाख विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकलाई तालिम प्रदान गरिने कृषि शाखाले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend