images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • हेटौंडा अस्पतालमा ड्युटीमा अनुपस्थित चिकित्सक-कर्मचारीप्रति मुख्यमन्त्री...

हेटौंडा अस्पतालमा ड्युटीमा अनुपस्थित चिकित्सक-कर्मचारीप्रति मुख्यमन्त्री बानियाँको चेतावनी

हेटौंडा अस्पतालमा ड्युटीमा अनुपस्थित चिकित्सक-कर्मचारीप्रति मुख्यमन्त्री बानियाँको चेतावनी

images
images
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले डिउटी समयमा चिकित्सक तथा कर्मचारी अनुपस्थित भेटिएपछि हेटौंडा अस्पताल व्यवस्थापन समितिको गम्भीर ध्यानाकर्षण गराएका छन्। जिम्मेवार निकायले तत्काल सुधारका कदम नचाले कडा कारबाही गरिने चेतावनी उनले दिएका छन् ।मुख्यमन्त्री बानियाँले बुधवार साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौंडा अस्पतालको आकस्मिक अनुगमन गरेका थिए। अनुगमनका क्रममा डिउटी समयमा चिकित्सक तथा कर्मचारी नभेटिएपछि उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भिमसागर गुरागाईंलाई तत्काल बोलाएर चासो व्यक्त गरेका थिए ।

    images
    images

    यस विषयमा बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय छलफलसमेत गरिएको छ । छलफलमा मन्त्रालयकी सचिव डा। सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, रजिस्ट्रार, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुरागाईं तथा निमित्त निर्देशक डा. हरिबहादुर खड्का सहभागी थिए ।मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीका अनुसार छलफलमा डिउटी समयमा अनुपस्थित चिकित्सक तथा कर्मचारीलाई तत्काल सचेत गराई सुधार गर्न निर्देशन दिइएको छ । निर्देशन कार्यान्वयन नभए प्रदेश सरकारले गैरजिम्मेवार चिकित्सक, कर्मचारी तथा अस्पताल प्रशासनमाथि आवश्यक कारबाही गर्ने स्पष्ट चेतावनीसमेत दिइएको छ ।मुख्यमन्त्री बानियाँले बिदामा बस्दा कम्तीमा एक दिनअघि जानकारी गराउन, बिरामीको सेवामा असर नपर्ने गरी डिउटी व्यवस्थापन गर्न तथा डिउटी समयमा अनिवार्य रूपमा पोशाक लगाउन निर्देशन दिएका छन्। साथै स्वास्थ्य उपकरण चुस्तदुरुस्त अवस्थामा राख्न र अस्पताल परिसरको सरसफाइमा विशेष ध्यान दिन पनि आग्रह गरेका छन्।

    नागरिकलाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले अस्पताल प्रशासनलाई जिम्मेवार, पारदर्शी र परिणाममुखी ढंगले सेवा प्रवाह गर्न सचेत गराएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend