काठमाडौं, माघ २९, २०८२ । ओप्पो नेपालले आफ्नो रेनो सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो रेनो १५ फाइभ जी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम स्मार्टफोन खण्डमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने लक्ष्य सहित कम्पनीले फ्ल्यागशिप स्तरको यो उपकरण नेपाली बजारमा ल्याएको जनाएको छ।
आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा प्रयोगकर्ता–केन्द्रित विशेषतासहित प्रस्तुत गरिएको रेनो १५ फाइभ जी मा ६.५९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले १२० हर्ज रिफ्रेस रेटसहित उपलब्ध छ। यसले स्पष्ट, उज्यालो र स्मूथ दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
स्मार्टफोन क्वालकम स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म द्वारा सञ्चालित छ, जसले दैनिक प्रयोगदेखि बहुकार्यसम्पादनसम्म प्रभावकारी कार्यक्षमता दिने बताइएको छ। ६५०० एमएएच क्षमताको ब्याट्री र ८० वाट सुपरभुक फास्ट चार्जिङ प्रविधिले लामो समयसम्म प्रयोग तथा छिटो चार्ज हुने सुविधा उपलब्ध गराउँछ।
क्यामेरा र डिस्प्ले विशेषता
फोटोग्राफी क्षमतामा विशेष जोड दिइएको यस स्मार्टफोनमा अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ५० मेगापिक्सेल मुख्य क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप छ। यस अन्तर्गत ५० मेगापिक्सेल टेलिफोटो र ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा समावेश छन्। अगाडीतर्फ ४ के भिडियो रेकर्डिङ सपोर्ट गर्ने ५० मेगापिक्सेल अल्ट्रा–वाइड फ्रन्ट क्यामेरा उपलब्ध छ।
डिस्प्लेले १.०७ अर्ब रङ समर्थन गर्ने तथा १२०० निट्स सम्मको उच्च चमक प्रदान गर्ने बताइएको छ। गोरिल्ला ग्लास सेभेन आइ सुरक्षा सहित आउने भएकाले मजबुती र दृश्य स्पष्टता दुवै सुनिश्चित हुने कम्पनीको भनाइ छ।
अन्य सुविधा
कलरओएस १६ मा आधारित यस स्मार्टफोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट र फेस अनलक सुविधा समावेश गरिएको छ। साथै, ५ जी नेटवर्क सपोर्ट, वाइफाइ सिक्स, ब्लुटुथ ५।४, इन्फ्रारेड रिमोट तथा डुअल नानो सिम सुविधा उपलब्ध छ।
ओप्पो रेनो १५ फाइभ जी को सार्वजनिक कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो। कार्यक्रममा सञ्चारकर्मी, उद्योग साझेदार तथा प्रविधि क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्मार्टफोनका प्रमुख विशेषता तथा प्रयोग अनुभवबारे जानकारी लिएका थिए।
ओप्पो रेनो १५ फाइभ जी नेपालभरका अधिकृत ओप्पो स्टोर तथा आधिकारिक साझेदार मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।




.gif)





