काठमाडौं । बजारमा हरियो अंगुरको भाउ घट्दा तरबुजाको भाउ बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यी दुई फलफूलको भाउमा उतारचढाव देखिएको हो ।हिजो बुधबारको तुलनामा आज बिहीबार बजारमा हरियो अंगुरको भाउ ४.३५ प्रतिशतले घटेको छ । हिजो बुधबार प्रतिकिलो औसत २ सय ३० रुपैयाँमा बिक्री भएको हरियो अंगुर आज २ सय २० रुपैयाँ कायम भएको छ।
यस्तै कालो अंगुरको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन जस्तै आज पनि कालो अंगुर प्रतिकिलो ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार तरबुजाको भाउ भने बढेको छ । हिजो बुधबार प्रतिकिलो ७५ रुपैयाँ रहेको हरियो तरबुजा आज १० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ ।




.gif)



