images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’...

टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • काठमाडौँ / नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा, फाल्गुन १ गतेदेखि फागुन ३ गतेसम्म (१३ फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२६) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम गर्ने भएको छ ।यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ इभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ । यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरु साट्न सकिने छ ।  

    images
    images

    यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो ।‘एक्सचेन्ज विथ लभ’योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ्ग र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स जडान सहित हरेक बुकिङ्गमा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend