images

२०८३ आश्विन १८ गते

images
images
images

हानिकारक हुन्छ बढी र कम दुवै निद्रा

हानिकारक हुन्छ बढी र कम दुवै निद्रा

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • काठमाडौँ । अहिले हामीमध्ये धेरैको जीवन भागदौडपूर्ण बनेको छ । कामको चापाचाप, जिम्मेवारी अनि सामाजिक सञ्जालको लत आदि कारणले गर्दा केही मानिसहरू राति किनै अबेरसम्म बस्छन् । यिनीहरू पर्याप्त निदाउँदैनन् । तर हामीमाझ अत्यधिक सुत्नेहरू पनि छन् । तर हाम्रो शरीरका लागि निद्रा र जगाईबीचको उचित सन्तुलन कायम राख्नुको महत्त्व कमै मानिसहरूले मात्रै बुझ्छन् । युनानी चिकित्सामा यसलाई स्वस्थ जीवनको आधारभूत सिद्धान्तहरू मध्ये एक मानिन्छ । निद्रा र जागा बस्नुबिचको यो सन्तुलन बिग्रियो भने शरीरमा विभिन्न रोगहरू उत्पन्न हुन थाल्छन् ।

    images
    images
    • शरीर मर्मत गर्ने समय हो निद्रा

    युनानी चिकित्साका अनुसार, निद्रा केवल आराम गर्ने समय होइन । यो त शरीर मर्मतको लागि महत्त्वपूर्ण समय हो । हामी निदाइरहेको समयमा शरीरको भित्री शक्ति (जसलाई युनानीमा रुह–ए–हयती भनिन्छ) संरक्षित हुन्छ र शरीरको क्षतिग्रस्त भागहरू मर्मत गर्दछ । यस समयमा पाचन सन्तुलित हुन्छ, दिमागले पनि आराम पाउँछ र शरीर पुनर्जीवित हुन्छ । निद्रा अपर्याप्त भइरह्यो भने शरीर कमजोर हुन थाल्छ, मान्छेमा चिडचिडापन बढ्छ, र सोच्ने क्षमता पनि प्रभावित हुन्छ ।अर्को कुरा, धेरै समयसम्म जागा रहनुलाई पनि युनानी सिद्धान्तले हानिकारक भन्छ । ढिलोसम्म जागा रहँदा वा लगातार काम गरिरहँदा शरीरमा गर्मी र सुख्खापन बढ्छ । यसले मुख्यतयाः मस्तिष्क, आँखा र स्नायुहरूलाई असर गर्छ । यस्ता व्यक्तिहरू टाउको दुख्ने, जीउ पोल्ने पोल्ने, बेचैनी हुने, मुख सुख्खा हुने र थकान आदि समस्याबाट ग्रस्त हुन्छन् । लामो समयसम्म निद्रा पुगेन भने शरीरले ओस गुमाउन थाल्छ, जसले गर्दा कमजोरी र समयपूर्व बुढ्यौली हुन सक्छ ।

    • धेरै सुत्नु पनि उत्तिकै हानिकारक

    युनानी चिकित्साले धेरै सुत्नु पनि हानिकारक हुन सक्ने बताउँछ । अत्यधिक निद्राले शरीरमा चिसोपन र अत्यधिक ओसिलोपन बढाउँछ । यसले शरीरको कार्यलाई सुस्त बनाउँछ, पाचन कमजोर हुन्छ अनि आलस्य आदि समस्या उत्पन्न गर्छ । धेरै सुत्ने मानिसहरूमा मोटोपना, भारीपन, ग्यास, खोकी र एकाग्रताको कमी हुन सक्छ ।

    images
    images
    • कसरी तय गर्ने निद्राको आवश्यकता ?

    युनानी चिकित्सामा राम्रो स्वास्थ्य कायम राख्न व्यक्तिको मुड र उमेरको आधारमा निद्रा तालिका सिफारिस गरिन्छ । बच्चाहरूलाई बढी निद्रा चाहिन्छ भने वृद्धहरूलाई कम निद्राको आवश्यकता पर्छ । त्यसैगरी, तातो स्वभाव भएका मानिसहरूलाई सन्तुलित, हल्का निद्रा चाहिन्छ, जबकि चिसो स्वभाव भएकाहरूले आवश्यकताभन्दा बढी सुतिएला कि भनेर सावधान हुनुपर्छ । सबैभन्दा राम्रो निद्रा रातको निद्रालाई मानिन्छ । रातभर मस्त निदाउँदा बिहान शरीरले ताजापन महसुस गर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend