images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन...

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाः जर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट.

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाः जर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट.

images
images
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • दशैँ, तिहार भनेको गरगहना खरिद गर्ने समय पनि हो । हाम्रा परम्परा र संस्कृतिमा सुनचाँदीका गरगहना अनिवार्य जस्तै छन् । पछिल्लो समय सुनको भाउ बढेको अवस्थामा ग्राहकहरुलाई सुनचाँदी तथा हिराका गरगहना खरिदमा सहुलियत प्रदान गर्ने उदेश्यले काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । 

    images
    images

    जस अन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला २ सय रुपैयाँ ज्याला लाग्ने गर्दछ ।

    २ महिने यस योजनामा बम्पर उपहार अन्तर्गत एक जना भाग्यशाली बिजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि २ महिनामा कम्तीमा २ पटक गरगहना खरिद गरेको हुनुपर्नेछ । २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत बिजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइली बताउँछन् ।
    यस्तै, प्रत्येक महिना १ जोडी (दम्पत्ति)लाई लक्की ड्रमार्फत चितवन वा पोखराको टूर प्याकेज उपलब्ध गराइनेछ । यस अन्तर्गत २ महिनामा २ दम्पत्तिले यो अफर पाउनेछन् ।

    images
    images

    यस्तै, प्रत्येक महिना १ दम्पत्तिलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’समेत प्रदान गरिनेछ । २ महिनासम्म चल्ने यस अफर योजनाअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो मौका पाउनेछन् ।
    यसैगरि, प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्राण्ड ‘योलो’को तर्फबाट २ जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

    हरेक हप्ता विभिन्न अफर
    ह्वाइट फेदर्स ज्वेलरीले हरेक हप्ता ग्राहकहरुले विभिन्न उपहार जित्ने स्किम पनि सँगसँगै ल्याएको छ । यस अन्तर्गत २ महिनासम्म हरेक हप्ता एक एक जनाले ‘गिगी मेकअप स्टुडियो’को तर्फबाट १० हजार बराबरको ‘हाइड्रो फेसीयल’ गर्न पाउनेछन् ।
    यस्तै, प्रत्येक हप्ता एक जनाले स्कुटर ब्राण्ड भेष्पाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्पको तर्फबाट आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् । साथै, यस अन्तर्गत नै ह्वाइट फेदर्स ज्वेलरीबाट गरगहना किनेका ग्राहकहरुले भेष्पा स्कुटर खरिदमा आकर्षक छुट पनि प्राप्त गर्नेछन् ।

    यी सबै उपहार योजना सबै खालका गरगहना खरिदमा लागू हुनेछन् । ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक सञ्चालक स्किनर रसाइलीका अनुसार मंसिर ३ गतेसम्म चल्ने यस योजनाले ग्राहकहरुलाई सुनचाँदीका गरगहना खरिदमा सहुलियत प्रदान गर्नेछ भने विभिन्न उपहारसहित बम्परमा हालै मात्रै लन्च भएको ‘आईफोन १६’ जित्ने मौका समेत प्राप्त हुनेछ ।

    काठमाडौँको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । ह्वाइट फेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend