images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पोर्चुगलको राष्ट्रपतिमा वामपन्थी नेता सेगुरो विजयी,...

पोर्चुगलको राष्ट्रपतिमा वामपन्थी नेता सेगुरो विजयी, दक्षिणपन्थी भेन्चुरा पराजित

पोर्चुगलको राष्ट्रपतिमा वामपन्थी नेता सेगुरो विजयी, दक्षिणपन्थी भेन्चुरा पराजित

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • लिस्बन । पोर्चुगलको राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा मध्य–वामपन्थी सोसलिस्ट पार्टीका उम्मेदवार एन्टोनियो जोस सेगुरो भारी मतले विजयी भएका छन्। आइतबार भएको मतदानको नतिजा अनुसार सेगुरोले कट्टर दक्षिणपन्थी तथा संस्थापन विरोधी प्रतिद्वन्द्वी आन्द्रे भेन्चुरालाई फराकिलो अन्तरले पराजित गर्दै पाँच वर्षका लागि राष्ट्रपतिको कुर्सी पक्का गरेका हुन्।९५ प्रतिशत मतगणना हुँदा ६३ वर्षीय सेगुरोले ६६ प्रतिशत मत प्राप्त गरेका छन् भने भेन्चुरा ३४ प्रतिशतमा खुम्चिएका छन्। पराजित भए पनि भेन्चुराको यो नतिजा उनको दल ‘चेगा’ ले गत वर्षको आम निर्वाचनमा ल्याएको २२.८ प्रतिशत मतको तुलनामा निकै सुधारिएको हो। पोर्चुगलको इतिहासमा रन–अफमा पुग्ने भेन्चुरा पहिलो कट्टर दक्षिणपन्थी उम्मेदवार हुन्।

    images
    images

    खराब मौसम र बाढीका बाबजुद पनि मतदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो। दक्षिण र मध्य पोर्चुगलका केही क्षेत्रमा बाढीका कारण मतदान स्थगित भए पनि त्यसले समग्र नतिजामा कुनै प्रभाव नपार्ने निर्वाचन अधिकारीहरूले जनाएका छन्। भेन्चुराले बाढीको कारण देखाउँदै निर्वाचन सार्न माग गरे पनि अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका थिए।गुरोलाई पहिलो चरणको निर्वाचनपछि धेरै रूढीवादी (कन्जरभेटिभ) नेताहरूले समेत समर्थन गरेका थिए। उनले आफूलाई 'आधुनिक र मध्यममार्गी' वामपन्थीका रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक मूल्यको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।पोर्चुगलमा राष्ट्रपतिको पद आलङ्कारिक भए पनि विशेष परिस्थितिमा संसद विघटन गर्ने र निर्वाचन आह्वान गर्ने जस्ता महत्त्वपूर्ण शक्ति राष्ट्रपतिको हातमा हुन्छ। नवनिर्वाचित राष्ट्रपति सेगुरोले आगामी मार्च महिनामा वर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाको स्थान लिनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend