images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • ६ महिनामै बन्यो पालुङटारको चुक्तीखोला मोटरेबल...

६ महिनामै बन्यो पालुङटारको चुक्तीखोला मोटरेबल पुल

६ महिनामै बन्यो पालुङटारको चुक्तीखोला मोटरेबल पुल

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • गोरखा, २६ माघ । जिल्लाको पालुङटार नगरपालिका–९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम यही पुस मसान्तमा सम्पन्न भएको हो । 

    images
    images

    रु तीन करोड ४१ लाख ४२ हजारको लागतमा पुल निर्माणको सम्झौता भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । उनकाअनुसार कार्यालयले ठेकेदार कम्पनीसँग १८ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौँता गरेको थियो । 

    “निर्माण कम्पनीले ठेक्का सम्झौँता भएको ६ महिनाभित्रै काम सम्पन्न गरेको छ’, उनले भने । 

    images
    images

    पुलको लम्बाइ २० मिटर छ भने चौडाइ ८।४० मिटर रहेको छ । पालुङटारको तल्लो सेरा र माथिल्लो सेरा जोड्ने चुक्तीखोला पुल निर्माण सम्पन्न भएसँगै त्यहाँका स्थानीयले राहतको सास फेरेका छन् । यसअघि पक्की पुल नहुँदा सेराका बासिन्दा काठे पुल हालेर आजतजावत गर्न बाध्य थिए । 

    बर्खाको बेलामा विद्यार्थीलाई विद्यालयसम्म पुग्न पनि कठिनाई हुने गरेको पालुङटार नगरपालिका–९ का वडाअध्यक्ष भोजराज पाण्डे बताए । “जिल्लामा विकास निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने प्रवृत्ति कायमै छ । यसरी निर्धारित समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन गर्नुपर्छ’, उनले भने । मोटरेबल पुल बनेपछि आवतजावतसँगै कृषि सामग्री ढुवानी गर्न समेत सहज हुने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend