images

२०८३ आश्विन २२ गते

images
images
images

आज र भोलि निःशुल्क ओपीडी सञ्चालन गर्दै नर्भिक अस्पताल

आज र भोलि निःशुल्क ओपीडी सञ्चालन गर्दै नर्भिक अस्पताल

images
images
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं ।  विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले यही असोज १३ र १४ गते निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ।

    images
    images

    निःशुल्क ओपीडीमा मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. राजीव श्रेष्ठ र डा. सन्तोष श्रेष्ठले सेवा दिनेछन्। ओपीडी मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ। निःशुल्क ओपीडीबाट सेवा लिन फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप तथा भाइबर नम्बर ९७७–९८२३८८४४८८ नम्बरमा सम्पर्क राख्न अस्पतालले आग्रह गरेको छ। यस्तै, अस्पतालले मुटुसम्बन्धी परीक्षण (कार्डियाक हेल्थ प्याकेज)मा १० प्रतिशत छुटको पनि घोषणा गरेको छ। 

    वर्ल्ड हर्ट फेडेरेसन र विश्व स्वास्थ्य संगठनको संयुक्त सहभागितामा सन् २००० देखि विश्व मुटु दिवस मनाउन थालिएको हो । सुरुमा २४ सेप्टेम्बरमा मनाइने गरिए पनि सन् २०११ देखि २९ सेप्टेम्बरदेखि मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा ‘युज हर्ट फर एक्सन’ रहेको छ। 

    images
    images

    विश्वभर मुटु रोग मृत्युको प्रमुख कारण बन्ने गरेको छ । मुटुजन्य रोगका कारण सन् २०१९ मा १ करोड ७९ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टेरोल भएकाहरु, बढी धूमपान गर्ने, परिवारका अरु सदस्यलाई मुटु रोग भएकाहरु मुटु रोगको जोखिममा पर्ने चिकित्सकहरुको भनाइ छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend