images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • ब्रिटिश कलेज सम्बन्धी सामग्रीमा भएको गल्तीबारे...

ब्रिटिश कलेज सम्बन्धी सामग्रीमा भएको गल्तीबारे डाँफे मिडियाको धारणा

ब्रिटिश कलेज सम्बन्धी सामग्रीमा भएको गल्तीबारे डाँफे मिडियाको धारणा

images
images
शुक्रवार, माघ २३ २०८२
शुक्रवार, माघ २३ २०८२
  • काठमाडौँ, २३ माघ । हालै डाँफे मिडियाद्वारा ब्रिटिश कलेजसँग सम्बन्धित केही भिडियो सामग्री प्रसारण गरिएको विषयमा हामी गम्भीर आत्ममूल्यांकनमा पुगेका छौं। यथार्थ बुझी आवश्यक तथ्य–सत्यापन नगरी ती भिडियोहरू प्रसारण गरिएको पाइएको छ।

    images
    images

    hotel.jpg

    केही व्यक्ति तथा विद्यार्थीहरूबाट प्राप्त दबाब र जानकारीको आधारमा सामग्री सार्वजनिक गरिएको थियो, जुन पत्रकारिताको मूल मर्म, मूल्य–मान्यता र जिम्मेवारी विपरीत थियो। यस कार्यको पूर्ण जिम्मेवारी डाँफे मिडियाले लिँदै आफ्नै गल्ती स्वीकार गर्दछ।

    images
    images

    यस घटनाका कारण ब्रिटिश कलेज, त्यसका व्यवस्थापन पक्ष, शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबै पक्षमा पर्न गएको मानसिक, सामाजिक तथा संस्थागत असरप्रति हामी हार्दिक तथा निःशर्त माफी प्रकट गर्दछौं।

    सुधारात्मक कदम स्वरूप, डाँफे मिडियाले ब्रिटिश कलेजसँग सम्बन्धित सम्पूर्ण भिडियो तथा सामग्री आफ्ना सबै डिजिटल प्लेटफर्मबाट हटाउने निर्णय गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend