images

२०८३ आश्विन १६ गते

images
images
images

हेटौंडाबाट ३ अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व संकलन

हेटौंडाबाट ३ अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व संकलन

images
images
शुक्रवार, माघ २३ २०८२
शुक्रवार, माघ २३ २०८२
  • हेटौँडा । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गर गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८ करोड ८६ लाख १० हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा ३ अर्ब १९ करोड ६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यसैगरी, यो अवधिमा अन्तशुल्क तर्फ १ अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकर तर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि कर तर्फ र४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम कर तर्फ २७ करोड ७३ लाख २ हजार, ब्याजकर तर्फ २ करोड ६९ लाख ४७ हजार र बहालकर तर्फ ८१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । 

    images
    images

    उक्त कार्यालयमा आयकर तर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धि तर्फ ५ हजार ८४९, अन्तशुल्क तर्फ १ हजार ५९८, विथहोल्ड तर्फ ७११ र व्यक्तिगत तर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन् । कर दाखिला गर्न आनाकानी गर्ने करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएस मार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी १० करोड रुपैयाँ बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताए  । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend