images

२०८३ आश्विन १६ गते

images
images
images

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • पर्वत । जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो ।यही माघ २७ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकाले खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले किशोरीहरूलाई आग्रह गरे । उनका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाइने छ ।

    images
    images

    यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने उनले जानकारी दिए । जिल्लामा खोप अभियान एकै चरणमा सञ्चालन गरिने जनाइएको छ । अभियानका लागि १२७ स्वास्थ्यकर्मी र १२७ स्वंसेवक परिचालन गरिने कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।महिलाको शारिरीक तथा प्रजनन स्वास्थ्यसँग जोडिएको एचपिभी खोप लगाउने अभियानलाई सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताए । पाठेघरको मुखमा हुने क्यान्सरजस्तो प्राणघातक रोगप्रति सबै सचेत र सजग हुनुपर्ने बताउँदै उहाँले कोही पनि खोप लागउन छुट्न नहुने धारणा राखे । उनले अभियानमा छुटेकालाई थप एक साताको समय दिएर समावेश गरिने जानकारी दिए ।

    जिल्ला खोप समन्वय समितिका संयोजक विष्णुराम विकले खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस् भनेर प्रचारप्रसारलाई तीव्र बनाइएको बताए । उनले खोप पूर्ण रूपमा सुरक्षित रहेकाले यसप्रति नकारात्मक धारणा नबनाउन सबैलाई आग्रह गरे ।योसँगै जिल्लाका सात वटै पालिका र वडास्तरमा पनि खोप अभियान सञ्चालनको तयारी भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । जिल्लामा गत वर्ष चार हजार ७४९ जनालाई एचपिभी खोप लगाइएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend