images

२०८३ आश्विन १८ गते

images
images
images

डन्डीफोर फुटाउने बानी छ ? बिग्रिएला अनुहार

डन्डीफोर फुटाउने बानी छ ? बिग्रिएला अनुहार

images
images
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • काठमाडौँ । अनुहारमा सानो बिबिरा वा डन्डीफोर आएको छ भने पनि हामीलाई फुटाउन वा चलाउन मन लागिहाल्छ । डन्डीफोर निकाल्दा सन्तोष त महसुस होला । तर यो बानी तपाईंको छालाको लागि राम्रो हुन्न । डन्डिफोर निकाल्दा छालामा दाग लाग्न सक्न अनि संक्रमणको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने विज्ञहरू भन्छन् । तपाईंको मुहारमा डन्डिफोर आएको छ भने जति नै सकसक लागेपनि यसलाई फुटाउने भूल भने नगर्नु होला । तपाईंको यो बानी अनुहारका लागि सजाय बन्न सक्छ ।

    images
    images

    सङ्क्रमणको जोखिम
    जब डन्डिफोर चलाउनु हुन्छ तपाईँले आफ्नो छालामा खुला घाउ सिर्जना गर्नुहुन्छ । हाम्रा हात र नङहरूमा अनगिन्ती ब्याक्टेरियाहरू हुन्छन् । डन्डिफोर फुट्ने बित्तिकै, यी ब्याक्टेरियाहरू खुला प्वालबाट छालामा प्रवेश गर्न सक्छन् । यसले डन्डीफोरको ठाउँमा गम्भीर सङ्क्रमणको जोखिम बढाउँछ, जसले दुखाइ र पिपलाई अझ बढाउन सक्छ ।

    छालामा जलन र सुन्निने
    हाम्रो छाला धेरै संवेदनशील हुन्छ । तर हाम्रो नङहरू यो भन्दा धेरै कडा र बलिया हुन्छन् । आफ्नो नङले डन्डिफोर निर्चोन वा चलाउन छालामा बलियो दबाब दिनुहुन्छ, वरपरका कोषहरू क्षतिग्रस्त हुन्छन् । यसले छालामा जलन निम्त्याउन सक्छ र सुन्निन पनि सक्छ ।मानिसहरू प्रायः डन्डीफोर निकाल्ने उपकरणहरू प्रयोग गर्छन् । तर चिकित्सा सल्लाह बिना यस्ता उपकरण प्रयोग गर्दा छालाको पत्र निस्कन सक्छ । त्यसैले, यी उपकरणहरू कहिल्यै आफ्नो मनखुसी प्रयोग नगर्नुहोस् ।

    images
    images

    छालामा दाग
    डन्डीफोर निचोर्दाको सबैभन्दा खराब परिणाम दाग हो । यी दाग स्थायी हुन्छन् । यदि तपाईँले डन्डीफोर निचोर्न धेरै दबाब दिनुभयो भने यसले रक्तस्राव गराउन सक्छ अनि छालाको तन्तुलाई गहिरो क्षति पुर्‍याउन सक्छ ।सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि धेरै पिम्पलहरू सतहमा हुन्नन्, छालाको भित्री तहसम्म पुगेका हुन्छन् । त्यसकारण यसलाई निचोड्दा बाहिर निस्कनुको सट्टा भित्रै रहन्छन् । उल्टै छालालाई हानि पु‍र्याउँछन् । जुन पछि गहिरो खाडल वा कालो दागमा परिणत हुन्छ ।डन्डीफोर चलाउनु वा झिकेर फ्याक्नु यो काम गरिरहँदा त सही लाग्न सक्छ । तर यसको परिणामले तपाईंको सुन्दरतालाई बिगार्न सक्छ । त्यसकारण, डन्डीफोर गम्भीर समस्या हो भने आफैँले उपचार गर्ने प्रयास गर्नुको सट्टा पेशेवर सल्लाह लिनु बुद्धिमानी हुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend