images

२०८३ आश्विन १८ गते

images
images
images

हुम्लामा अस्थायी परिवार नियोजनका साधन अभाव

हुम्लामा अस्थायी परिवार नियोजनका साधन अभाव

images
images
मंगलवार, माघ २० २०८२
मंगलवार, माघ २० २०८२
  • हुम्ला, माघ २० । हिमाली जिल्ला हुम्लाका अधिकांश स्वास्थ्य चौकीमा अस्थायी परिवार नियोजनका साधन अभाव भएको छ। सरकारी स्वास्थ्य संस्थामा यी साधन नपाइँदा सेवाग्राही, विशेषगरी महिलाहरू, खाली हात फर्किन बाध्य भएका छन्।

    images
    images

    सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ल्वान्नी सुनारका अनुसार नियमित रूपमा प्रयोग गरिने परिवार नियोजनको अस्थायी साधन ‘डिपो’ पुस यता ठेहे स्वास्थ्य चौकीमा उपलब्ध छैन। सरकारले स्वास्थ्य चौकी मार्फत निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि नियमित रूपमा डिपो प्रयोग गर्ने महिलाहरूले पछिल्लो समय सेवा पाउन सकेका छैनन्।

    डिपो उपलब्ध नभएपछि केही महिलाहरू सुत्केरी हुन नदिन सदरमुकाम सिमकोट पुगेर निजी फार्मेसीबाट आफ्नै खर्चमा डिपो लगाइरहेका छन्। ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहोराका अनुसार पुस महिनामा २७ जना र माघमा २३ जना महिलाले अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्न पाएनन्। साधन अभावका कारण सेवाग्राही आएमा खाली हात फर्काउनुको विकल्प नरहेको उहाँले बताउनुभयो।

    images
    images

    स्वास्थ्य चौकीमा साधन नभएको विषयमा गाउँपालिका स्वास्थ्य शाखामा जानकारी गराउँदा त्यहाँबाट पनि अभाव रहेको जवाफ आउने गरेको बोहोराको भनाइ छ। हाल ठेहे स्वास्थ्य चौकी मात्र नभई जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा यस्तै समस्या देखिएको छ।

    सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका अनुसार अघिल्लो आर्थिक वर्षबाट बाँकी रहेका तथा स्वास्थ्य सेवा कार्यालयबाट प्राप्त साधनले हालसम्म काम चलाइएको थियो। तर नयाँ खरिद नगरेका कारण अस्थायी परिवार नियोजनका साधनको अभाव भएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend