images

२०८३ आश्विन २७ गते

images
images
images

भृकुटीमण्डपमा आइतबारदेखि दशैं महोत्सव

भृकुटीमण्डपमा आइतबारदेखि दशैं महोत्सव

images
images
शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • काठमाडौँ– ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूलनाराका साथ आइतबार देखि ‘घरेलु उद्यमी मेला तथा दसैँ महोत्सव २०८१’ आयोजना हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी घरेलु तथा साना उद्योग संघ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने उक्त मेलाबारे जानकारी गराइएको हो।

    images
    images

    मेला आयोजक समितिका संयोजक जीतेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौँका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनको जिल्लास्तरीय औद्योगिक प्रदर्शनी गर्न लागिएको जानकारी दिए।

    महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगको सहभागिता रहने उनले बताए।

    images
    images

    मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता लगायतका ७० वटा स्टल रहने जनाइएको छ। प्रदर्शनीसँगै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका आकर्षणको रुपमा रहेने आयोजकको भनाइ छ।

    घरेलु तथा साना उद्योग संद्द काठमाडौँकी अध्यक्ष पद्मकुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धन र बजारीकरण गरी स्वदेशी वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend