images

२०८३ आश्विन १८ गते

images
images
images

फेरि संसार देख्न पाउँदा दङ्ग छन् ज्येष्ठ नागरिक’

फेरि संसार देख्न पाउँदा दङ्ग छन् ज्येष्ठ नागरिक’

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • गोरखा, १८ माघ । अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षकी सुबी गुरुङ आज दुई वर्षपछि पुनः आँखा देख्नु भएको छ । केही वर्षदेखि बायाँ आँखा कम देख्ने उहाँले दुई वर्षयता आँखै देख्न सक्नुभएको थिएन । 

    images
    images

    यहाँ घ्याच्चोकस्थित घरबाट उहाँलाई छोरा कान्छा गुरुङले बोकेर अस्पताल सम्म पु¥याउनु भएको थियो । अस्पतालमा उहाँ जस्ता अन्य २६ जना मोतिया बिन्दुका बिरामीको सफल शल्यक्रिया भयो । शल्यक्रिया पछि आज बिहानै उहाँहरूलाई अस्पतालको छतमा लगियो । बिहानीको न्यायो घाममा सबैको आँखाको पट्टी खोलियो । पट्टी खोल्ने बित्तिकै त गुरुङ खुसीले फुरुङ्ग हुनुभयो । 

    स्वास्थ्यकर्मीले आँखामा औषधि राखेर सफा गरिदिएपछि उहाँलाई कालो चस्मा लगाइदिए । बिस्तारै धमिलो धमिलो हुँदै आँखाको ज्योति फर्किएको गुरुङले बताउनुभयो । घर जाने बेलासम्म उहाँले मान्छे चिन्न थालिसक्नु भएको थियो । “अँ अहिले बिस्तारै देख्दै गएको जस्तो भयो है”, उहाँले खुसी हुँदै छोरासँग भन्नुभयो । 

    images
    images

    छोराको सहारामा उपचार गर्न गएकी आमा पट्टी खोलेपछि ठिमठिम हिँडेरै घर जान तम्सिनु भयो । यो देखेपछि स्वास्थ्यकर्मीको टोलीले सम्झाउँदै भनेका थिए, “एकैपटक सबैतिर हेर्न हतार नगर्नु है, बिस्तारै आँखा खोल्नुपर्छ । आज भन्दा भोलि, पर्सि राम्रो देखिन्छ ।”

    गुरुङले पनि आफूलाई संसार देखाइदिने डाक्टरतिर हेर्दै भन्नुभयो, “मलाई संसार देखाउनुभयो, धेरै धेरै धन्यवाद छ ।”

    शिविरमा आएका अजिरकोट–३ डिहिटारका ९१ वर्षीय गुणनिधि अधिकारी पनि शल्यक्रियापछि आँखा देख्ने थालेपछि निकै खुसी हुनुहुन्छ । उहाँभन्दा धेरै खुसी छोरा काजिराम अधिकारी देखिनुहुन्थ्यो । शल्यक्रियापछि बुबा आँफैँ हिड्डुल गर्न सक्ने हुनुभएपछि सन्तोषले सास फेर्न पाएको काजिरामले बताउनु भयो ।

    “बुढो मान्छे, त्यही माथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुने रहेछ”, उहाँले भन्नुभयो, “अब त सबै देखेँ, हिँड्नसक्छु भन्नुभएको छ । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।”

    शिविरमा विगत केही वर्षदेखि आँखा नदेखेका सिम्जुङका ६३ वर्षीय पूर्णबहादुर तामाङ र मुच्चोकका ६५ वर्षीय नक्कले तामाङले पनि आँखा देख्न थाल्नुभएको छ । 

    अजिरकोट गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन तथा  मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखरा, रुइत फाउन्डेसन र आइ केयर फाउन्डेसनको प्राविधिक सहयोगमा भच्चेकमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

    शिविरमा अजिरकोट गाउँपालिकाअन्तर्गतका सबै वडा तथा लमजुङको दूधपोखरी गाउँपालिका स्थानीय गरी ४१७ जनाले सेवा लिएका छन् । हिमालय आँखा अस्पताल पोखराका वरिष्ठ नेत्र रोग विषेशज्ञ डा ज्योत्सना शर्मा नेतृत्वको टोलीले शिविरमा सेवा दिएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend