images

२०८३ आश्विन १७ गते

images
images
images

दराजको ‘२.२ सेल’ घोषणा : ७० प्रतिशतसम्म छुट, रेडमी नोट १५ जित्ने मौका

दराजको ‘२.२ सेल’ घोषणा : ७० प्रतिशतसम्म छुट, रेडमी नोट १५ जित्ने मौका

images
images
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले फेब्रुअरी महिनाको सुरुवातसँगै आफ्नो बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टू गुड टू मिस !’ सेलको घोषणा गरेको छ ।यो अभियान माघ १८ गते (फेब्रुअरी १) राति ८ बजेदेखि सुरु भई माघ २३ गते (फेब्रुअरी ६) सम्म सञ्चालन हुनेछ। कम्पनीले अभियान अवधिभर ग्राहकलाई आकर्षक छुट, विशेष ब्रान्ड अफर र उत्कृष्ट सपिङ अनुभव प्रदान गर्ने जनाएको छ।सेल अवधिभर ग्राहकले विभिन्न लोकप्रिय श्रेणीका उत्पादनहरूमा ७० प्रतिशतसम्मको फ्ल्याश सेल र ६० प्रतिशतसम्मको मेगा डिल्स प्राप्त गर्नेछन्। साथै, छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधा पनि उपलब्ध गराइनेछ।

    images
    images

    यस सेलमा दराजले ‘दराज च्वाइस’ च्यानललाई विशेष प्राथमिकता दिएको छ। यसअन्तर्गत ‘एभ्रिडे लो प्राइस’ (ईडीपीएल) अवधारणासहित दैनिक उपभोग्य वस्तुहरू वर्षभरि नै किफायती मूल्यमा उपलब्ध गराइनेछ।यसले सेल कुर्नु नपर्ने गरी भरपर्दो मूल्य र १ देखि ३ दिनभित्रको छिटो डेलिभरी सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ । ग्राहकले तीनवटा सामान खरिद गर्दा निःशुल्क सिपिङ र चार वा सोभन्दा बढी वस्तु खरिद गर्दा निःशुल्क उपहार समेत पाउनेछन्।अभियानमा विभिन्न ब्रान्डसँग विशेष साझेदारी गरिएको छ। प्लाटिनम पार्टनर सेटाफिलमा १० प्रतिशतसम्म, गोल्ड पार्टनर ब्रान्डहाउसमा ५० प्रतिशतसम्म छुटसहित निःशुल्क डेलिभरी तथा सिल्भर पार्टनरहरू नाइक र फान्सिरामा ६० प्रतिशतसम्म छुट पाइनेछ।

    माघ १८ गते राति ८ बजे सुरु हुने ‘क्रेजी फ्ल्याश सेल’ मा सीमित समयका लागि मात्र उपलब्ध हुने आकर्षक अफरहरू राखिनेछन्। अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत पनि छुटसहितका विभिन्न अफरहरू सार्वजनिक गरिनेछ।यो सेलको अर्को मुख्य आकर्षण बम्पर उपहार योजना हो। सेल अवधिभर ३ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले रेडमी नोट १५ फाइभजी (८ जीबी–२५६ जीबी) जित्ने अवसर पाउनेछन्।ग्राहकको विश्वास जित्न कम्पनीले ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी सुविधा पनि लागू गरेको छ। नेपालभित्र अन्य कुनै अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा भन्दा कम मूल्यमा भेटिएमा कम्पनीले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend