images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • वर्षाका कारण नारायणगढ-मुग्लिन सडक राति बन्द...

वर्षाका कारण नारायणगढ-मुग्लिन सडक राति बन्द रहने

वर्षाका कारण नारायणगढ-मुग्लिन सडक राति बन्द रहने

images
images
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौं । पूर्वी नेपालमा शुक्रवार अपराह्णसम्म ३० घण्टादेखि अविरल वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षाका कारण देशभरि विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ।

    images
    images

    निरन्तर वर्षा भएकाले प्राकृतिक विपत्ति निम्तिन सक्ने भन्दै अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।पहाडी भेगमा शुक्रवार उडान हुन सकेन भने देशभरि विभिन्न राजमार्गहरू बाढी र पहिरोका कारण प्रभावित भएका छन्।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्व-पश्चिम महेन्द्र राजमार्गलाई काठमाण्डूसँग जोड्ने सडकको नारायणगढ-मुग्लिन खण्ड शुक्रवार राति बन्द गर्ने निर्णय गरिएको बताएका छन्।

    images
    images

    “विपद् जोखिम प्राधिकरणको सूचना र निरन्तरको वर्षालाई विचार गर्दै आज साँझ ७ बजेबाट भोलि बिहान ५ बजेसम्म रामनगरदेखि मुग्लिनसम्मको सडकमा सार्वजनिक र निजी सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ,” यादवले भने।

    धनकुटा र खोटाङसहित केही जिल्लामा मुख्य सडकहरू पहिरोका कारण अवरुद्ध भएको नेपाल प्रहरीका सहायक प्रवक्ता विश्व अधिकारीले बताएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend