images

२०८३ आश्विन १८ गते

images
images
images

सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत

सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • कैलाली । नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ । नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले प्रदेशको कैलालीमा यो रोग पत्ता लाग्ने दर बढ्दै गएको बताए।“समग्र देशको सन्दर्भमा कुष्ठ रोग निवारण भइसकेको छ”, उनले भने, “सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा बिरामी आउँछन्, सोको करिब ६८ प्रतिशत कैलालीमा देखिएका छन् ।” रोगी पत्ता लाग्ने दर नघट्दा यसको निवारण चुनौतीपूर्ण बन्न थालेको उनको भनाइ छ ।

    images
    images

    समग्र देशको तथ्याङ्क भने प्रतिदश हजार जनसङ्ख्यामा शून्य दशमलव आठदेखि शून्य दशमलव नौ जना रोगी फेला पर्ने गरेका क्षयकुष्ठ अधिकृत ओझाले जानकारी दिए।उनका अनुसार प्रतिदश हजार जनसङ्ख्यामा एकभन्दा कम कुष्ठरोगी फेला परेमा रोग निवारण भएको मानिने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड छ ।नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको देश घोषाणा गरिएको थियो । लगातार पाँच वर्षसम्म स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकामा रोग नदेखिएको हुनपर्ने निवारणको अर्को मापदण्ड पछिल्ला वर्षमा बनाइएको ओझाले बताए ।उनका अनुसार सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने लक्ष्य लिएको छ ।यसका लागि कुष्ठ रोगीको सक्रिय खोज पड्ताल, जनचेतनामूलक कार्यक्रम, बहुऔषधिको व्यवस्थापनलगायत गतिविधि भइरहेका उहाँले जानकारी दिए ।

    “पत्ता लागेका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आइएको छ । सुदूरपश्चिम प्रदेशको हकमा कैलाली, कञ्चनपुर र अछाम जिल्लालाई केन्द्रमा राखेर खोजपड्ताललगायत गतिविधि भइरहेका छन्”,उनले भने । स्वास्थ्यकर्मीका अनुसार रोगको उपचारभन्दा सामाजिक दृष्टिकोण परिवर्तन गर्न ठूलो चुनौती देखिएको छ । कुष्ठरोग निवारणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भए पनि बजेट अभाव देखाउँदै धेरै स्थानीय तहले यो विषयलाई प्राथमिकतामा राख्ने गरेको पाइँदैन ।कुष्ठरोगप्रति नकारात्मक सामाजिक दृष्टिकोण भएकाले कतिपय प्रभावित व्यक्ति रोग लुकाएर बस्ने गरेका स्वास्थ्यकर्मी बताउँछन् । यसले रोग पहिचानमा समस्या सिर्जना गर्नुका साथै रोग फैलिन सक्ने जोखिम बढाउने क्षयकुष्ठ अधिकृत ओझाले बताए।यसले बिरामीको उपचारमा ढिलाइ भएर अपाङ्गता हुने र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए।

    images
    images

    “कुष्ठरोग सर्ने रोग भए पनि नियमित औषधि सेवन गरेपछि पूर्ण रूपमा निको हुन्छ । रोगीले लक्षण अनुसार बढीमा दुई वर्षसम्म नियमित औषधि खाएमा रोग निको हुन्छ”, उनले भने ।प्रदेशका कैलाली र कञ्चनपुरमा नयाँ बिरामी पत्ता लाग्ने दर बढी छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका केही जिल्लामारोग पत्ता लाग्ने क्रम घट्दो रूपमा देखिए पनि तराईका मुख्य सहरी तथा अर्धसहरी क्षेत्र अझै जोखिममा छन् ।प्रतिदश हजार जनसङ्ख्यामा वर्षको अन्त्यसम्म उपचारमा रहेका कुष्ठरोगीको दर (प्रिभेलेन्स) सबैभन्दा बढी कैलाली जिल्लामा एक दशमलव ५७ छ ।कञ्चनपुरमा यो दर शून्य दशमलव ७५ छ भने अछाममा शून्य दशमलव ६९ रहेको छ । डोटीमा शून्य दशलव ३०, डडेलधुरामा शून्य दशमलव २९, दार्चुलामा शून्य दशमलव २३, बैतडीमा शून्य दशमलव ०८ र बझाङमा शून्य दशमलव ०४ देखिएको छ । बाजुरामा हाल उपचारमा रहेका कुष्ठरोगी शून्य देखाएका छन् ।स्वास्थ्यकर्मीका अनुसार तराईका जिल्लामा कुष्ठरोग बढी देखिनुका कारण बहुआयामिक छन् । जनघनत्व बढी हुनु, आन्तरिक तथा सीमापार आवतजावत, गरिबी, सरसफाइको कमी र जनचेतनाको अभाव प्रमुख कारणका रूपमा लिइन्छ । खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रसँग निरन्तर सम्पर्क हुँदा सङ्क्रमण फैलिने जोखिम बढेको बताइन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend