images

२०८३ आश्विन १८ गते

images
images
images

चितवनमा चार सय बढीमा क्षयरोगको सङ्क्रमण

चितवनमा चार सय बढीमा क्षयरोगको सङ्क्रमण

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • चितवन । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४८० जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता दुई हजार ६५६ जनाको परीक्षण गरिएकामा ४८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।तीमध्ये ८१ जनाले छ महिनाको औषधि पूरा गरेका छन् भने ३९९ जनाले अहिले नियमित औषधि सेवन गर्दै आएका छन् । उनले सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका जानकारी दिए ।

    images
    images

    क्षयरोग प्रमाणित गर्नका लागि जिल्लामा ३२ वटा सेन्टर सञ्चालनमा रहेका जनाउँदै क्षयकुष्ठ अधिकृत दुवाडीले तीमध्ये २८ वटा ‘माइक्रोस्कोप’ र चार वटा ‘जिनएक्स्पर्ट’ गर्ने संस्था रहेका बताए । जिल्लामा गत र्ष एक हजार ८९ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो । तीमध्ये ४०० महिला र ६८९ पुरुष थिए ।यहाँका सात वटै पालिकामा यो रोगका सङ्क्रमित रहेका क्षयकुष्ठ अधिकृत दुवाडीले बताए । गत वर्ष १३ हजार १०७ जनाको परीक्षण गरिएको थियो । उनका अनुसार यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुन्छ ।

    “रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने र कमजोरी महसुस हुने गर्दछ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको ब्याक्टेरियाको सङ्क्रमण फैलिन गई गम्भीर समस्या निम्त्याउँने गर्दछ”, दुवाडीले भने ।रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिन भित्रमा ठीक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सक कहाँ जानुपर्ने उनले सुझाव दिए ।यो रोग लागेमा सुर्ती मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छोड्ने गर्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने उनले जानकारी दिए ।

    images
    images

    स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (६ देखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयसमयमा परीक्षण गर्नेजस्ता कार्य गर्न आवश्यक रहेको क्षयकुष्ठ अधिकृत दुवाडीले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend