images

२०८३ आश्विन १९ गते

images
images
images

पहिरोले भीमफेदी-फाखेल-काठमाडौं सडक अवरुद्ध

पहिरोले भीमफेदी-फाखेल-काठमाडौं सडक अवरुद्ध

images
images
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि उक्त सडकखण्ड बन्द भएको हो । 

    images
    images

    स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीले काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

    त्यस्तै, पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका–१२, घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो । सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    हेटौँडाबाट काठमाडौंतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend