images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • त्रिवि शिक्षण अस्पतालले भन्यो– रवि लामिछानेको...

त्रिवि शिक्षण अस्पतालले भन्यो– रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

त्रिवि शिक्षण अस्पतालले भन्यो– रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार यही माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि समस्या निको नभएपछि खुट्टामा सेलुलाइटिस देखिएको र माघ १३ गते शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार लामिछानेको नशाबाट आईभी एन्टिबायोटिक्समार्फत उपचार भइरहेको छ । 

    images
    images

    यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका केही फोटोहरू शिक्षण अस्पतालका नभएको स्पष्ट पार्दै अस्पतालले भ्रममा नपर्न आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend