images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • इन्टरनेट कम्पनीबिच ग्राहक तान्ने होडबाजी :...

इन्टरनेट कम्पनीबिच ग्राहक तान्ने होडबाजी : वर्ल्डलिंकको अग्रता कायमै, सरकारी टेलिकम तेस्रो स्थानमा

इन्टरनेट कम्पनीबिच ग्राहक तान्ने होडबाजी : वर्ल्डलिंकको अग्रता कायमै, सरकारी टेलिकम तेस्रो स्थानमा

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ । नेपाली इन्टरनेट बजारमा अहिले दुई दर्जनभन्दा बढी कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सेवाको गुणस्तर सुधार गर्नुभन्दा पनि ग्राहक सङ्ख्या बढाउन कम्पनीहरूबीच होडबाजी चलेको देखिएको छ। हाल बजारमा निजी क्षेत्रको वर्ल्डलिंक कम्युनिकेसनले आफ्नो बलियो वर्चस्व कायम राख्दै सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको छ।प्राधिकरणको मंसिर मसान्तसम्मको तथ्याङ्कअनुसार वर्ल्डलिंकका ग्राहक सङ्ख्या १० लाख ५५ हजार पुगेका छन्। बजार हिस्साका आधारमा वर्ल्डलिंकपछि दोस्रो स्थानमा डिशहोम फाइबरनेट देखिएको छ, जसका ग्राहक ३ लाख ८२ हजार पुगेका छन्। सरकारी लगानीको नेपाल टेलिकम भने तेस्रो स्थानमा खुम्चिएको छ। टेलिकमका ग्राहक ३ लाख ७४ हजार रहेका छन्। त्यस्तै, बजार विस्तारमा आक्रामक देखिएको भायनेट ३ लाख ४० हजार ग्राहकसहित चौथो र २ लाख ६८ हजार ग्राहकसहित क्लासिक टेक पाँचौँ स्थानमा रहेका छन्।

    images
    images

    बजारको छैटौँ स्थानमा सुबिसु केबलनेट रहेको छ, जसले २ लाख ५५ हजार ग्राहक बनाएको छ। यसपछि क्रमशः वेभसफरका १ लाख ७६ हजार र टेकमाइन्सका १ लाख २३ हजार ग्राहक रहेका छन्। नवौँ र दशौँ स्थानमा क्रमशः वाइफाई नेपाल र सिजी कम्युनिकेसन रहेका छन्। यी कम्पनीहरूले विभिन्न अफर र योजनामार्फत ग्राहक तानातान गरिरहेका छन्।कम्पनीहरूबीच ग्राहक सङ्ख्या बढाउने प्रतिस्पर्धा चले पनि उपभोक्ताहरू भने इन्टरनेटको गति र सेवाबाट सन्तुष्ट देखिँदैनन्। इन्टरनेटमा समस्या आउँदा कम्पनीहरूले समयमै समाधान नगर्ने र ग्राहकको गुनासोलाई वेवास्ता गर्ने गरेको आम उपभोक्ताको गुनासो छ। बजारमा धेरै विकल्प भए तापनि गुणस्तरीय र भरपर्दो सेवा अझै पनि नेपाली प्रयोगकर्ताका लागि चुनौतीपूर्ण बनिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend