images

२०८३ आश्विन १८ गते

images
images
images

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

images
images
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • सिरहा । पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।स्वास्थ्य कार्यालय सिरहाकी खोप निरीक्षक सुनिता कँडेलका अनुसार पहिलो चरणमा यही माघ २५ देखि आगामी फागुन २ गतेसम्म आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा आगामी फागुन ४ देखि १० गतेसम्म बाँकी नौवटा पालिकामा अभियान सञ्चालन गरिनेछ ।“गत वर्ष जिल्लाभर करिब नौ प्रतिशत छात्रा एचपिभी खोपबाट छुटेका थिए । यस पटक ती सबैलाई समेट्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो,” खोप निरीक्षक कँडेलले भनिन् । उनका अनुसार विद्यालय छाडेका ११ देखि १४ वर्ष उमेर समूहका बालिका पनि यस अभियानमा समावेश गरिनेछन् ।

    images
    images

    अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष पूरा भई ११ वर्ष ननाघेका बालिका तथा गत वर्षको खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरिएको छ ।लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार लहान नगरपालिकामा गत वर्षको खोप अभियानमा दुई प्रतिशत छात्रा खोपबाट वञ्चित भएका थिए । खोप अभियानलाई प्रभावकारी बनाउन आज लहान नगरपालिकाले पालिकास्तरीय खोप समन्वय समितिको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।त्यसैगरी मङ्गलबार स्थानीय स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा वडास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend