images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • भारतमा नेपालीलाई क्युआरमार्फत गरिने भुक्तानीमा सहज...

भारतमा नेपालीलाई क्युआरमार्फत गरिने भुक्तानीमा सहज बनाइँदै

भारतमा नेपालीलाई क्युआरमार्फत गरिने भुक्तानीमा सहज बनाइँदै

images
images
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • काठमाडौँ  । नेपाली नागरिकलाई भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीमा थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबिच भएको भेटघाटमा उक्त विषयमा छलफल भएको हो ।गत साता मुम्बईस्थित आरबीआईको मुख्यालयमा राष्ट्र बैंक र आरबीआईका गभर्नरबिच भेटवार्ता भएको थियो । भेटवार्तामा नेपाल र भारतबिच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार र दुई पक्षीय हितका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । भेटका अवसरमा नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित थियो ।

    images
    images

    यसैगरी, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्समा आधारित सुपरिवेक्षण, सूचना प्रविधिको क्षेत्रमा आरबीआईले गरेका असल नीतिगत अभ्यासबारे छलफल भएको बताइएको छ ।भेटघाटमा वित्तीय क्षेत्रका उदीयमान र समसामयिक मामिलासँगै दुई पक्षीय सहयोग आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले विभागका काम कारबाहीसँग सम्बन्धित विभिन्न विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने विचार राखेका थिए ।भारत भ्रमणका दौरान गभर्नर पौडेलले गुजरात, अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’ का उच्च अधिकारीहरूसँग समेत भेटवार्ता गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend