images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको...

चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको छः भन्सार विभाग

चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको छः भन्सार विभाग

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौँ । भन्सार विभागले चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको दावी गरेको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सो कुरा बताएका हुन् । उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चोरी पैठारी नियन्त्रणका लागि नीतिगत सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको जिकिर समेत गरे ।

    images
    images

    महानिर्देशक भण्डारीले नेपाल–भारतबीच खुला सीमा भएका कारण चोरी, पैठारी बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न विभागले सम्बन्धित अन्य निकायहरुको सहयोगमा अर्धन्यायिक निकायको रुपमा समेत काम गरिरहेको स्पष्ट पारे । उनले खुला सीमाका कारण भइरहेको अर्बौंको चोरी निकासीका सामानहरुलाई नियन्त्रणमा लिने उनीहरुलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए । विभागले भन्सार ऐन, ८२ कार्यान्वयनमा आएको र त्यसले भन्सार प्रशासनमा व्यापक सुधार भईरहेको दाबी समेत गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend