काठमाडौं । होनोरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ‘होनोर एक्स९डी’को सार्वजनिकीकण घोषणा गरेको छ । शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र उच्चस्तरीय विश्वसनीयताका निम्ति डिजाइन गरिएको ‘होनोर एक्स९डी’ आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न तयार स्मार्टफोन रहेको कम्पनीको दाबी छ ।“यसमा २.५ मिटर ड्रप रेसिस्टेन्स, उद्योगमै अग्रणी ‘आईपी ६९ के’ रेटिङ, लामो समयसम्म चल्ने ८,३०० मेगाहर्ज क्षमताको ठूलो ब्याट्री तथा प्रत्येक क्षणलाई स्पष्ट र जीवन्त रूपमा कैद गर्ने १०८ एमपी उच्च रेजोलुसन क्यामेराजस्ता विशेषता समावेश छन् । यी सबै विशेषताले नवप्रवर्तन, मजबुती र उत्कृष्ट प्रदर्शनको सन्तुलन प्रदान गर्छन्,” कम्पनीले भनेको छ ।
यो स्मार्टफोन दुई भेरियन्टमा उपलब्ध हुनेछन् । आठ जीबी र्यामसँगै २५६ जीबी स्टोरेजको प्रतिमूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । १२ जीबी र्यामसँगै २५६ जीबी स्टोरेजको मूल्य ५९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । स्मार्टफोन लन्चका अवसरमा होनोरले ग्राहकका निम्ति आकर्षक प्रि–बुकिङ अफर सार्वजनिक गरेको छ । प्रि–बुकिङ अवधि यही जनवरी २३ देखि २८ सम्म रहनेछ । प्रारम्भिक ग्राहकले विशेष लाभ प्राप्त गर्न सक्नेछन् ।कम्पनीका अनुसार, यो अफरअन्तर्गत प्रि–बुकिङ गर्ने ग्राहकले १५ हजार ९९९ रुपैयाँबराबरको होनोर च्वाइस वाच २प्रो निःशुल्क प्राप्त गर्नेछन् । साथै, २० हजार रुपैयाँबराबरको एकवर्षे सेवा सुविधा उपलब्ध गराइनेछ । यसमा स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीबाट हुने क्षतिको मर्मत समावेश रहेको जनाइएको छ ।
कम्पनीका अनुसार, एक प्रि–बुकिङ ग्राहकले ५८ लाख ९९ हजार ९९९ रुपैयाँबराबरको नयाँ ‘दिपाल एस ०५’ कार जित्ने अवसर पनि पाउनेछन् । यसले ‘होनोर एक्स९डी’को प्रि–बुकिङ अभियानलाई नेपालकै सबैभन्दा आकर्षक स्मार्टफोन अफरमध्ये एक बनाएको कम्पनीले जनाएको छ ।






