images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • महालेखाद्वारा सरकारी रकम नतिर्ने ५२ जनाको...

महालेखाद्वारा सरकारी रकम नतिर्ने ५२ जनाको विवरण सार्वजनिक, ३५ दिनभित्र बुझाउन अल्टिमेटम

महालेखाद्वारा सरकारी रकम नतिर्ने ५२ जनाको विवरण सार्वजनिक, ३५ दिनभित्र बुझाउन अल्टिमेटम

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौं- सरकारलाई बुझाउनुपर्ने रकम लामो समयसम्म नतिरेका ५२ व्यक्तिको तीन पुस्तासम्मको विवरण सार्वजनिक गरिएको छ ।महालेखा नियन्त्रकको कार्यालयअन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले व्यवसायी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, कृषि व्यवसायी र सशस्त्र प्रहरीसमेत विभिन्न पेशामा संलग्न व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो ।कार्यालयले नाम, ठेगाना र बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै सम्बन्धित व्यक्तिहरूलाई ३५ दिनभित्र मूलधन र ब्याजसहित रकम बुझाउन निर्देशन दिएको छ । तोकिएको समयसीमाभित्र रकम नतिरेमा उनीहरूको चल तथा अचल सम्पत्ति जफत गरी प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

    images
    images

    केन्द्रीय तहसिल कार्यालयका अनुसार सरकारी रकम तिर्न बाँकी रहेकाहरूको अभिलेख तयार गरी यसअघि पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै सम्बन्धित व्यक्तिहरूको घरठेगानामा पत्राचार गरी कार्यालयमा उपस्थित हुन आग्रह गरिएको थियो ।

    black list

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend