images

२०८३ आश्विन १८ गते

images
images
images

मलङ्गवामा दादुरा सङ्क्रमण फैलियो

मलङ्गवामा दादुरा सङ्क्रमण फैलियो

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • मलङ्गवा (सर्लाही), ११ माघः मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ । मलङ्गवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् । 

    images
    images

    यहाँ दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ । दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलङ्गवावासीसँग अनुरोध गरेको छ ।

    दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताउनुभयो । सो अभियानअन्तर्गत मलङ्गवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

    images
    images

    स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । समयमै खोप लगाउँदा दादुराजस्तो सङ्क्रामक रोगबाट बच्न सकिने कार्यालयको विश्वास छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend