images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • २ महिनामा पाँच अर्ब २६ करोडको...

२ महिनामा पाँच अर्ब २६ करोडको सामान वीरगञ्जबाट निर्यात,उनी गलैँचा कार्पेटको निर्यातमा गिरावट

२ महिनामा पाँच अर्ब २६ करोडको सामान वीरगञ्जबाट निर्यात,उनी गलैँचा कार्पेटको निर्यातमा गिरावट

images
images
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौं ।  वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ ।

    images
    images

    गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले रु ४९ करोड ५९ लाख २८ हजार मूल्यपर्ने ६९ लाख ५३ हजार किलोग्राम पिना निर्यात भएको जानकारी दिए । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ ।

    चालु आवको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ ।त्यसैगरी, गत आवको सोही अवधिमा रु २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो । चालु आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ ।

    images
    images

    चालु आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर उनी गलैँचा निर्यात भएको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २० दशमलव ४३ प्रतिशतले गिरावट आएको छ ।

    चालु आवको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार आठ सय लिटर जुस जाम निर्यात भएको छ ।

    गत आवको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा जुस जामको निर्यात भने पाँच दशमलव ११ प्रतिशतले बढेको छ । चालु आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend