images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल भित्रियो रेड्मी नोट १५ सीरीज

नेपाल भित्रियो रेड्मी नोट १५ सीरीज

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौं– विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सीरीज सार्वजनिक गरेको छ । यो सीरीजमा चार वटा मोडेलहरू– रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी तथा रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले  विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्ने दावी गरिएको छ ।यो सीरीजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रों ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ जसमा १०५ क्क्ष्ऋ सामग्री छ । यसमा १०० वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्ण चार्ज गर्छ । साथै २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।

    images
    images

    रेड्मी नोट सीरीजमा पहिलोपटक SIC ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ । सबै प्रो मोडेलहरूमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशत अथवा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो ।यस डिभाइसले आईपी६६+आईपी६८+आईपी६९+आईपी ६९के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस–प्रमाणित २ दशमलव ५ मिटर ड्रप प्रतिरोधक क्षमता छ । कोर्निङ गोरिल्ला ग्लास विक्टस २ र फाइबर ग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ । स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा शाओमी हाइपर एआई (एआई राइटिङ, स्पीच रिकग्निसन र इन्टरप्रिटर सहित), शाओमी सर्ज टी१एस ट्युनर र किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा रहेको छ ।रेड्मी नोट प्रो ५जीमा २००एमपी प्राइमरी क्यामेरा छ जसमा २एक्स र ४एक्स अप्टिकल–लेभल इन–सेन्सर जूम र ओआईएस फिचर छ । यसमा विश्वभर पहिलो पटक २००एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ । एउटै लेन्स, ५ फोकल लेन्थ डीएजी एचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ । यस मोडेलमा शाओमी आइसलुप कूलिङ सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एक मात्र एलएचपी कुलिङ समाधान हो र तीन गुणा हिट–ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ ।

    ६.८३–इन्चको १ दशमलव ५के एमोलेड क्रिस्टल रेस डिस्प्लेले ३,२०० निट्स पिक ब्राइटनेस दिन्छ, र दुअल स्पिकरहरूले ४०० प्रतिशत भोल्युम बूस्टको साथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ । कनेक्टिभिटीको लागि प्रो मोडेलहरूमा फ्ल्यागशिप–लेभल शाओमी अफलाइन कम्युनिकेसन सुविधा छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटर–स्तरको आवाज प्रसारण गर्न सक्छ ।रेड्मी नोट १५ प्रो ५जी मा शाओमी सर्ज टी१स ट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथ, जीपीएस र सेलुलर नेटवर्कहरूमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ । यो कालो, ग्लेसियर निलो र मोका ब्राउन रङमा उपलब्ध छ । रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २००एमपी क्यामेरा सिस्टम र आईपी६६, आईपी६८, आईपी६९, आईपी६९के रेटिङ छ तर मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन कार्बन ब्याट्रीले १,६०० साइकलपछि (लगभग छ वर्ष) ८० प्रतिशत क्षमता कायम राख्छ र ४५वाट मा चार्ज हुन्छ । एआई क्रिएटिभिटी असिस्टेन्टमा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, र एआई रिमुभ रिफ्लेक्सन जस्ता उन्नत टूलहरू छन् । ६.८३–इन्चको डिस्प्ले प्रोको जस्तै छ, कोर्निङ गोरिल्ला ग्लास विक्टस २ सुरक्षा र ४०० प्रतिशत भोल्युम–बूस्टेड दुअल स्पिकर्स सहित छ । यस मोडेलमा शाओमी अफलाइन कम्युनिकेसन छ र गुगल जेमिनी सर्कल टु सर्च समर्थन गर्छ । यो कालो, ग्लेसियर निलो, टाइटेनियम र मिस्ट पर्पल रङमा उपलब्ध छ ।

    images
    images

    रेड्मी नोट १५ ५जी मोडेल ७.३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो, तर यसमा ५,५२० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । १०८ मेगापिक्सेल क्यामेराले ३ गुणा इन–सेन्सर जुम र ओआईएस दिन्छ, र पातलो भए पनि आईपी६६ वाटर रेजिस्टेन्स कायम छ । स्न्यापड्रागन ६ जेन ३ मा चल्ने यो यन्त्रमा ४५ वाट चार्जिङ छ र ६.७७ इन्चको एमोलेड डिस्प्लेले ३,२०० निट पिक ब्राइटनेस दिन्छ । एआई एडिटिङ टूलहरूमा इरेज, रिमुभ रिफ्लेक्सन, स्काई, बोके र ब्युटिफाई प्रकार्यहरू छन् । डुअल स्पिकरहरूले डल्बी एट्मोससहित ३००५ भोल्युम बूस्ट दिन्छ, र यसमा एनएफसी र इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सिङ समर्थन छ । यो कालो, ग्लेसियर निलो र मिस्ट पर्पल रङमा उपलब्ध छ । रेड्मी नोट १५ ४जी मोडेलमा ६,००० एमएएच ब्याट्री र १०८ मेगापिक्सेल क्यामेरा छ जसमा ३ गुणा अप्टिकल–स्तर टेलिफोटो छ । मिडियाटेक हेलियो जी१०० अल्ट्रा मा ४जी कनेक्टिभिटीसहित चल्ने यो यन्त्रको ६।७७ इन्चको एमोलेड डिस्प्लेमा १२० हट्र्ज रिफ्रेस रेट र ३,२०० निट ब्राइटनेस छ । आईपी६४ सुरक्षा, ३३ वाट चार्जिङ, डल्बी एट्मोस सहितको डुअल स्पिकरहरू र समान एआई एडिटिङ सुइट छ । कालो, ग्लेसियर निलो, मिस्ट पर्पल र फरेस्ट हरियो रङमा उपलब्ध यो मोडेल ८ जीबी ¥याम र ५१२ जीबी क्षमतासम्म आउँछ, र हाइब्रिड सिम स्लट मार्फत स्टोरेज विस्तार गर्न सकिन्छ ।

    रेड्मी टाइटन, मजबुत बनावटमा तयार गरिएको, लामो समय टिक्ने ब्याट्री, झर्दा पनि कमैमात्र क्षति हुने क्षमता तथा धुलो र पानीबाट सुरक्षित रहने सुविधाहरु यो सिरिजमा छन् । यसले रेड्मी नोट उपकरणका लागि मजबुतीको नयाँ मापदण्ड स्थापित गरेको छ । सम्पूर्ण लाइनअपमा नयाँ प्रविधिको स्न्यापड्रागन र मिडियाटेक चिपसेटहरूले छिटो प्रदर्शन, सहज ग्राफिक्स र सुधारिएको ऊर्जा दक्षता दिन्छन् । सबै मोडेलहरूले गुगल जेमिनी र सर्कल टु सर्च समर्थन गर्छन् । सिरिजको शीर्षमा रहेको रेड्मी नोट १५ प्रों ५जी मा थप व्यक्तिगत र बौद्धिक एआई अनुभवका लागि शाओमी हाइपरएआई एकीकृत गरिएको छ । ६ जीबी१२८ जीबी देखि १२ जीबीं५१२ जीबी सम्मका भेरियन्टहरूमा उपलब्ध, प्रत्येक मोडेलमा वेट टच २.० (भिजेको स्क्रिनमा पनि सहज सञ्चालन), गुगल जेमिनी एकीकरण, सर्कल टु सर्च र शाओमी हाइपरओएस छ ।रेड्मी नोट १५ सिरिजको लन्च उत्सवको अवसरमा शाओमीले २०२६ जनवरी १९ (माघ ५ गते सोमवार) देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा सबै मोडेलहरूसँग शाओमी बड्समा विशेष छुटको साथ बन्डलिङ अफर पनि उपलब्ध छ । रेड्मी नोट १५ सीरीजका सबै मोडेलहरूमा ९ महिना ०५ ईएमआई सुविधाको लाभ लिन सक्नेछन्, जसले फ्ल्यागशिप–स्तरका सुविधाहरू अझ सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ । रेड्मी नोट १५ सिरिज अब नेपालभरि टेलिडाईरेक्ट प्रालि र वत्सल इम्पेक्स प्रालिको विस्तृत डिलर नेटवर्कमार्फत उपलब्ध छ ।

    रेड्मी नोट १५ प्रो ५जीको १२जीबी ५१२जीबी र ८ जीबी २५६ जीबीको मूल्य ६६,९९९—५९,९९९ रुपैयाँ रहेको छ । त्यस्तै रेड्मी नोट १५ प्रो ५ जीको १२ जीबी ५१२ जीबी र ८ जीबी २५६ जीबीको मूल्य ५६,९९९—४९,९९९ रुपैयाँ छ । साथै रेड्मी नोट १५ ५जीको १२ जीबी ५१२ जीबी र ८ जीबी २५६ जीबीको मूल्य ४६,९९९—३९,९९९ रुपैयाँ छ भने रेड्मी नोट १५ ४जीको ८ जीबी २५६ जीबी र ६ जीबी १२८ जीबी मूल्य ३५,९९९—२९,९९९ रुपैयाँ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend