images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • सामाजिक सञ्जाल नियमन गर्न ‘साइबर प्रहरी’...

सामाजिक सञ्जाल नियमन गर्न ‘साइबर प्रहरी’ परिचालन

सामाजिक सञ्जाल नियमन गर्न ‘साइबर प्रहरी’ परिचालन

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट हुनसक्ने दुष्प्रचार रोक्न सरकारले ‘साइबर प्रहरी’ परिचालन गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक अर्का उम्मेदवारहरू विरुद्ध दुष्प्रचार हुनसक्ने आकलन गर्दै त्यसलाई नियमन गर्न साइबर प्रहरी परिचालन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले  बताए ।

    images
    images

    त्यसका लागी गृह मन्त्रालयले प्रहरीको साइबर ब्युरोलाई क्रियाशील बनाएको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा नियमन डेस्क खडा गरेर सामाजिक सञ्जाल निगरानी सुरु गरिएको छ । निर्वाचन आयोगले पनि सामाजिक सञ्जाल मनिटर गर्न सफ्टवेयर बनाइरहेको छ । निगरानी गर्दा कसैले गलत र दुष्प्रचारजन्य सामग्री प्रसारण तथा प्रकाशन गरेको भेटिए जिल्ला प्रहरी कार्यालयहरूलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले डिपफेक कन्ट्रोल गर्न टेलिफोन सेवा प्रदायक कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गरिएको बताए । उनले भने, ‘निर्वाचन अवधिमा कसैले सामाजिक सञ्जालमा कसुरजन्य सामग्री प्रकाशन, प्रसारण गरेमा कानुनी कारबाही हुन्छ ।’गृह मन्त्रालयले साइबर प्रहरीको डेस्क जिल्ला प्रहरी कार्यालयमा बिस्तार गर्न प्रहरी प्रधान कार्यालयलाई भनेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend