images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • जुम्लामा दसैं-तिहारमा पर्याप्त मात्रमा नून मौज्दात...

जुम्लामा दसैं-तिहारमा पर्याप्त मात्रमा नून मौज्दात  छ : साल्ट ट्रेडिङ कर्पोरेसन

जुम्लामा दसैं-तिहारमा पर्याप्त मात्रमा नून मौज्दात  छ : साल्ट ट्रेडिङ कर्पोरेसन

images
images
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौं ।साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात रहेको छ । दसँैतिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिनुभयो । 

    images
    images

    जिल्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नून मौज्दात  रहेको उहाँले बताउनुभयो । यहाँस्थित डिपोमा अहिले एक हजार १६० क्विन्टल नून मौज्दात रहेको जनाइएको छ । यही असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिकासहित पातारासीका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नून वितरण गरिएको छ । 

    प्रमुख थापाले भन्नुभयो, “सिंजाको नराकोट डिपोबाट हिमा र सिंजा गाउँपालिका र गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नून वितरण गरिएको छ । यस आर्थिक वर्षमा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार क्विन्टल नूनको कोटा रहेको छ । जिल्लामा नूनको अभाव हुनेछैन ।” 

    images
    images

    वडाबाटै नून वितरण गर्न आवश्यक व्यवस्था मिलाइएको छ । कार्यालयले सिंजाको नराकोट डिपो, कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपो र सदरमुकामस्थित खलङ्गा बजारको कार्यालयबाट नून वितरण गर्दै आएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend